1696037963.jpg) 
                                                                    काठमाडौँ । उपत्यकाको चर्चित मानिने हाँडीगाउँको जात्रा सुरु भएको छ । लहरै तीनवटा रथ निकालेर सुरु गरिने यो जात्रा काठमाडौंका अन्य जात्राभन्दा फरक हुन्छ ।
रथको गजुर तलपारी र गर्भगृह र भगवानको मूर्तिमाथि राखेर रथको निर्माण गरिन्छ । भगवान राखिएको गर्भगृहलाई तलबाट बेस्सरी घुमाउने गरिन्छ ।
यसैले फरक र पृथक शैलीमा जात्रा मनाइने भएकोले कहीँ नभएको जात्रा हाँडी गाँउमा भन्ने उखानसमेत प्रचलित छ । नयाँ पुस्ताले समेत यो जात्राको मौलिकता जोगाउन सकरात्मक सहभागिता जनाउने गरेको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् ।
स्थानियबासी सुनिल महर्जनले अहिलेको युवाले पुराना संस्कृतिहरुलाई त्याग्दै अगाडि बढ्ने डर भएको अवस्थामा युवाको बाक्लो उपस्थिति उत्साहजनक रहेको बताए । जात्रामा निकालिएका तीन वटा रथलाई नगरपरिक्रमा गराउँदा स्थानीयले पूजा तथा स्वागत गर्ने चलन छ ।
जात्रा अवलोकन गर्न काठमाडौंँ महानगरपालिकाका मेयर वालेन शाह र उपमेयर सुनिता डंगोल पनि पुगेका थिए । तर जात्रा अवधिभर इन्द्रजात्रामा जसतै मेयर वालेन आकर्षणको केनद्रमा देखिन्थे ।
1696037963.jpg)
1696037960.jpg)
1696037960.jpg)
 (1)1696037954.jpg)
1696037951.jpg)
1696037773.jpg)
1696037767.jpg)
1696037764.jpg)

 
                
            



 
                                         
                                         
                                         
                                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    