Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानमन्त्री कार्की र संघीय संसद्का पदाधिकारीहरू बिच भेटवार्ता
तस्वीरः प्रम कार्कीको सचिवालय

काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीसँग संघीय संसद्का पदाधिकारीहरूबिच भेटवार्ता भएको छ । 

प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार राम रावलले दिएको जानकारी अनुसार संघीय संसद्का दुबै सदनका पदाधिकारीहरूले भेटवार्ता गरेका हुन् । प्रम कार्कीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग उनीहरूको समसामयिक विषयमा छलफल भएको हो । 

प्रधानमन्त्री कार्कीलाई भेट्न प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल सहित प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे पुगेका थिए । यस्तै संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डे, सचिव हर्कराज राई र संसद् सचिवालय सचिव रोजनाथ पाण्डे पनि सहभागी भएको रावलले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  १९:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update