Odapalika - The Fourth Estate - चौथो अंग
विद्यालयको ८ लाख ६२ हजार हिनामिना गरेपछि हेडसर र लेखापाल विरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौँ । धनुषाको विदेह नगरपालिका–२ मा रहेको जनता मावि दुहवीका प्रधानाध्यापक (हेडसर) र लेखापाल विरुद्ध अख्तियार दूरपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले सो विद्यालयका हेडसर धनिकलाल ठाकुर र लेखापाल अरुणकुमार कुशयैत विरुद्ध मुद्दा दायर गरेको हो । लेखापाल कुशयैतको निधन भइसकेकोले उनकी श्रीमती विरुद्ध मुद्दा दायर गरिएको छ ।

विदेह नगरपालिकाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत सो विद्यालयमा आइटी ल्याव स्थापना गर्न ६ लाख ५० हजार रुपैयाँ प्रदान गरेको थियो । हेडसर र लेखापाल मिलेर विद्यालयमा आइटी ल्याव स्थापना नगरी ८ लाख ६२ हजार रुपैयाँ निकाले हिनामिना गरेको भेटिएपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १३:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update