काठमाडौं । देशभरका ६ वटा महानगरपालिकामध्ये ४ महानगरपालिकाका उपमेयर नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवार बनेका छन् ।
एमालेले स्थानीय तह निर्वाचनमा देशभरका ६ महानगरमध्ये ४ वटामा उपमेयर मात्रै जितेको थियो ।
एमालेको केन्द्रीय सदस्य निर्वाचित हुनको लागि पोखरा महानगरपालिकाकी उपमेयर मञ्जु गुरुङ, काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोल, ललितपुर महानगरकी उमेयर मञ्जली शाक्य बज्राचार्य र विराटनगर उपमहानगरकी उपमेयर शिल्पा कार्की निराला उम्मेदवार बनेका हुन् ।
एमालेको ११औं महाधिवेशनमा आज उम्मेदवारी दर्ताको कार्यसुची छ । अहिले एमाले केन्द्रीय सदस्य बन्न उम्मेदवारी दिएका चारै जना उपमेयर एमालेमा ओली प्यानलबाट उम्मेदवार बनेका हुन् । एमालेको आगामी नेतृत्वमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराइसकेका छन् ।







