Odapalika - The Fourth Estate - चौथो अंग
एमाले महाधिवेशनः यो हो एकै क्लिकबाट थाहा पाइने अहिलेसम्मका सबै गतिविधिको जानकारी

काठमाडौँ । विघटित प्रतिनिधिसभाको दोस्रो ठूलो दल नेकपा एमाले अहिले ११औं महाधिवेशनमा व्यस्त छ । गत शनिवारदेखि सुरु भएको महाधिवेशन भोलि अर्थात मंगलबार मतदानबाट नयाँ नेतृत्व छनोट गरि समापन हुने बताइएको छ ।

यही विषयमा वडापालिकाले एमाले महाधिवेशनमा अहिलेसम्म भएका सबै प्रमुख गतिविधिको संक्षेपमा जानकारी समावेश गरेको छ ।

८० भोटिङ मेसिन प्रयोग गरिने

महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन मतदानका लागि प्रयोग हुनेछन् । महाधिवेशनमा १०० वटा मेसिन ल्याइएपनि ८० वटा मेसिन मतदानका लागि प्रयोग गरिने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिए ।

उनका अनुसार एक जना मतदातालाई मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट लाग्नेछ । महाधिवेशनमा २ हजार २ सय ६३ प्रतिनिधि सहभागी छन् । रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले १० वटा नमूना अभ्यास र १० वटा अतिरिक्त मेसिन राखिएको बताए ।

एमाले पार्टीको नयाँ नेतृत्वका लागि भोलि पुस १ गते अपरान्ह १२ बजेदेखि बेलुका ६ बजेसम्म मतदानको समय तोकिएको छ ।

कुन क्लष्टरबाट कति जना केन्द्रीय सदस्य ?

एमालेको विधान अनुसार ३०९ जना केन्द्रीय सदस्य हुनेछन् । त्यसमा सबै प्रदेशबाट ९/९ जनाको दरले केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । काठमाडौँ उपत्यकालाई एमालेले बेग्लै संरचना मानेको छ । उपत्यकाबाट पनि ९ जना नै निर्वाचित हुनेछन् । यसो हुँदा प्रदेशबाट ७२ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

पदाधिकारी १९ जना

एमालेको विधानमा पदाधिकारीमा १९ जना हुने व्यवस्था गरिएको छ । यी १० जनामा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना रहनेछन्।

१० पदाधिकारी: १९ जना

अध्यक्ष: १

उपाध्यक्ष: ५

महासचिव:१

उपमहासचिव:३

सचिव : ९

२० उपत्यकासहित सबै ८ प्रदेशबाट : ७२० जना

खुल्ला: ४०

महिला :२४

युवा : ८

३० खुल्ला कोटा : १२५ जना

खुल्ला :७१

महिला : ५२

युवा : २

४० जनजाति आदिवासी : २५ जना

खुल्ला : १५

महिला : ८

युवा : २

५० मधेसी : २० जना

खुल्ला : ११

महिला : ६

युवा :२

६० प्रवास: २ जना

भारत : १

अन्य देश : १

७० श्रमिक : ३ जना

खुल्ला :२

महिला ; १

८० अपाङ्गाता भएका ब्यक्ति : १ जना

९० दलित : १२ जना

खुल्ला : ७

महिला : ४

युवा : १

१०० थारु : ८ जना

खुल्ला : ५

महिला : ३

११० मुस्लिम : ५ जना

खुल्ला : ४

महिला :१

१२० पिछडिएको क्षेत्र : २ जना

खुल्ला : १

महिला : १

२ प्यानल प्रतिस्पर्धामा

एमालेका वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलै बनाएर निर्वाचनमा होमिएका छन् ।

ओली प्यानल

अध्यक्ष : केपी शर्मा ओली

उपाध्यक्ष 

१. विष्णु पौडेल

२. रामबहादुर थापा ‘बादल’

३. गुरू बराल

४. पृथ्वीसुब्बा गुरूङ

महासचिव

शंकर पोखरेल

उपमहासचिव :

१, रघुवीर महासेठ

२, विष्णु रिमाल

३, लेखराज भट्ट

सचिव :

१. पद्मा अर्याल

२. छविलाल विश्वकर्मा

३. भानुभक्त ढकाल

४. खगराज अधिकारी

५. यमलाल कँडेल

६. शेरधन राई

७. महेश बस्नेत

८. हिक्मत कार्की

९. राजन भट्टराई

पोखरेल प्यानल

अध्यक्ष : ईश्वर पोखरेल

उपाध्यक्ष 

१. बिन्दा पाण्डे

२. परशुराममेघी गुरूङ

३. गोकर्ण विष्ट

४. अरूण नेपाल

महासचिव: सुरेन्द्र पाण्डे

उपमहासचिव

१. योगेश भट्टराई

२. वैजनाथ भट्टराई

सचिव 

१. गोकुल बाँस्कोटा

२. कर्ण थापा

३. ठाकुर गैरे

४. रचना खड्का

५. विनोद ढकाल

६. पुरूषोत्तम पौडेल

७. कृष्णगोपाल श्रेष्ठ

ओली टिम तिरवितर

अध्यक्ष केपी शर्मा ओलीको टिम तितरवितर भएको छ । यसअघि १०औं महाधिवेशनमा ओलीलाई साथ दिएका र त्यसयता पनि टिममै रहेका कतिपय नेताहरु महाधिवेनमा भने ओलीबाट टाढा पुगेका छन् ।

अहिलेसम्म ओलीलाई साथ दिँदै आएका उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिए । उनी महासचिवका आकांक्षी थिए । तर, ओलीले महासचिवमा शंकर पोखरेललाई नै दोहोर्याउन चाहेपछि ज्ञवाली असन्तुष्ट बनेका हुन् ।

संस्थापन पक्षले ज्ञवालीलाई उपाध्यक्षमा समेट्न खोजेको थियो । तर, ज्ञवालीले महासचिवबाहेकको पदाधिकारीमा उम्मेदवारी नदिने अडान लिए । 

ओली प्यानलबाट अन्य नेताहरू निस्किरहेका छन् । ओलीलाई विगतमा फुटबलको पेलेसँग तुलना गर्ने नेता कृष्णगोपाल श्रेष्ठ केन्द्रीय सदस्यमा मात्रै राखिएपछि असन्तुष्ट बनेर पोखरेल समुहमा पुगे । उनी पोखरेल प्यानलबाट सचिवको उम्मेदवार बनेका छन् ।

ओलीको निकट मानिएका नेता गोकुल बास्कोटाले पनि पोखरेल प्यानलबाट सचिवमा उम्मेदवारी दिएका छन् । ओलीनिटक मानिने अर्का नेता अग्नी खरेल पनि संस्थापन पक्षको प्यानलबाट बाहिरिएिका छन् । उनलाई ओली प्यानलमा केन्द्रीय सदस्यमा राखिएको थियो । तर, उनले त्यसमा चित्त नबुझाएर सचिवमा ‘स्वतन्त्र’ उम्मेदवारी दिएका छन् ।

संस्थापनकै प्यानलमा केन्द्रीय सदस्यमा राखिएका लालबाबु पण्डितले पनि असन्तुष्ट छन् । उनले सचिवमा उम्मेदवारी दिएका छन् ।

यस्तै, ओली प्यानलमा केन्द्रीय सदस्य राखिएका भीम आचार्यले पनि विद्रोह गरेका छन् । उनले प्यानलबाट निस्किएर उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

ओली प्यानलमै केन्द्रीय सदस्यमा राखिएका रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । यसअघि नवौँ महाधिवेशनमा उपमहासचिव हारेका पन्त पछिल्लो समय ओलीनिकट मानिन्थे । 

यस्तै, आनन्द पोखरेल ईश्वर पोखरेलतिर लागेका छन् । उनले उपमहासचिवमा उम्मेदवारी दिएका छन् ।

ओलीको निकट मानिने राजेन्द्र गौतमले पनि प्यानलबाट निस्किएर उपमहासचिवमा उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको प्रचार विभाग प्रमुख गौतमले ओली प्यानलमा सचिवको आकांक्षा राखेका थिए । 

ओली प्यानलमा अनुशासन आयोगको अध्यक्षमा राखिएका काशीराज अधिकारीले उम्मेदवारी नै नदिने भएका छन् । नयाँलाई पालो दिनुपर्ने भन्दै उनले उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।

कार्यतालिका संशोधन

एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका संशोधन गरिएको छ। 

केन्द्रीय निर्वाचन आयोगका सचिव डा। कुन्साङ लामाद्वारा हस्ताक्षरित सूचनामा पार्टीको विधान र निर्वाचन नियमावलीको अधीनमा रही निर्वाचन कार्यक्रममा हेरफेर गरिएको उल्लेख छ।

आयोगका अनुसार, राति ८ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन भएलगत्तै प्रक्रिया द्रुत गतिमा अघि बढ्नेछ।

 राति ८ बजेदेखि ८:१५ बजेसम्म (१५ मिनेट) उम्मेदवारको विरोधमा उजुरी दिने समय छुट्याइएको छ। उजुरी उपर छानबिन गरी ८:२० बजे निर्णय सुनाइनेछ।

नाम फिर्ता उम्मेदवारले नाम फिर्ता लिन चाहेमा राति ८ बजेदेखि नै समय दिइएको छ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन आजै राति ९:३० बजे गरिनेछ।

संशोधित तालिका अनुसार मतदान प्रक्रिया भने पुस १ गते हुनेछ। मतदान दिनको १ बजेदेखि बेलुका ७ बजेसम्म अधिवेशन स्थलमा हुने निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  २१:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update