काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनमा मतदानका लागि प्रतिनिधि लाइनमा बस्न थालेका छन् ।
हिजो (मंगलबार) साँझ नै हुने भनिएको मतदान अन्तिम समयमा स्थगित भएको थियो । प्राविधिक कारण देखाउँदै मतदान गर्न प्रतिनिधि दुई घण्टादेखि लाइनमा बसे पनि अन्तिम समयमा आएर मतदान स्थगन गरिएको थियो ।
विद्युतीय भोटिङ मेसिनबाट मतदान हुँदै छ । रामलक्ष्मण भोटिङ मेसिनबाट मतदान गरिने एमाले निर्वाचन आयोगले जनाएको छ ।
एमाले अध्यक्षका निम्ति केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन् । उनीहरू प्यानल बनाएरै प्रतिस्पर्धा गरिरहेका छन् ।
महाधिवेशनमा १९ पदाधिकारीका निम्ति ४२ जना प्रतिस्पर्धामा छन् । सबै पदमा गरी ३०० भन्दा बढी उमेदवार छन् ।
प्रकाशित मिति: बुधबार, पुस २, २०८२ ०८:४१
प्रतिक्रिया दिनुहोस्







