Odapalika - The Fourth Estate - चौथो अंग
मेयर बालेनले दिए राजीनामा, भए रास्वपा वरिष्ठ नेता

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिएका छन् ।

मेयर बालेनले आज (माघ ४ गते) देखि लागू हुने गरी पदबाट राजीनमा गरेका हुन् । उनले उपमेयर सुनिता डंगोललाई राजीनामा बुझाएका छन् । 

मेयर बालेनले स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन् । उनी फागुन २१ मा हुने भनिएको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्दै छन् । 

२०७९ सालमा स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनी विजयी भएका बालेन अब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रधानमन्त्रीको उम्मेदवार बनेका छन् । रास्वपाले उनलाई वरिष्ठ नेता बनाएको छ । बालेन प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट चुनावी प्रतिस्पर्धामा उत्रने बताइएको छ । सो क्षेत्रबाट एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निर्वाचित हुँदै आएका थिए भने आगामी निर्वाचनमा पनि एमालेबाट ओली नै उम्मेदवार बन्ने सो पार्टीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  १५:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update