६ लाख ९४ हजार भ्रष्टाचार गरेको भन्दै वडाध्यक्ष र वडासचिव विरुद्ध मुद्दा

काठमाडौँ । बाराको कलैया उपमहानगरपालिका –३ का तत्कालीन वडा अध्यक्ष जलालुदिन मंसुरसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध बाराको साविक भतौडा गाविस वडा नं. २ को कित्ता नं. २८८ र २९० को जग्गा खरिद बिक्री गर्दा गलत लिखत तयार गरी तराइ घर–बाटो भएकोमा नभएको भनी थैली रकम कम राखी राजस्व रकम हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

तत्कालीन वडा अध्यक्ष मन्सुरसहित तत्कालीन वडा सचिव रघुप्रसाद गोढीविरुद्ध जग्गा खरिदकर्ता र जग्गा बिक्रीकर्तासमेतको आपसी मिलेकतोमा आफू समेतका प्रतिवादीहरुलाई लाभ र नेपाल सरकार तथा सार्वजनिक संस्थालाई हनि पुर्‍याउने बदनियतले ६ लाख ९४ हजार ६५१ रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।

यसैगरी, जग्गा बिक्रीकर्ता रौफ मिया मन्सुरविरुद्ध तीन लाख ७७ हजार रुपैयाँ र जग्गा खरिदकर्ता हिरालाल प्रसादविरुद्ध तीन लाख १७ हजार ६५१ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना हुन मागदाबी लिई आइतबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  १७:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update