Odapalika - The Fourth Estate - चौथो अंग
शिवराज नगरपालिकाले सबै विद्यालयका शिक्षकलाई किन बोलायो बैठकमा ?

काठमाडौँ । कपिलवस्तुको शिवराज नगरपालिकाले माघ २० गते पालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापकलाई बैठकमा बोलाएको छ ।

नगरपालिकाको शिक्षा शाखाले सामुदायिक, संस्थागत र धार्मिक गरी सबै प्रकारका विद्यालयका प्रधानाध्यापकलाई बैठकमा बोलाइएको उपसचिव पूर्णबहादुर विश्वकर्माले जानकारी दिए ।

आउन लागेका वार्षिक परीक्षाहरुका बारेमा प्रधानाध्यापकहरुसँग छलफल गर्नुपर्ने भएकोले बैठक बोलाइएको उपसचिव विश्वकर्माले बताए ।

‘वार्षिक परीक्षाहरु आइरहेका छन् । ती परीक्षाहरुको तयारी गर्नुपर्ने भएकाले नगरपालिकाभित्रका सबै प्रधानाध्यापकहरुसँग छलफल गर्न लागिएको हो,’ उपसचिव विश्वकर्माले वडापालिकासँग भने ।

सो नगरपालिकामा कक्षा १० सम्म अध्यापन गराउने ११ वटा सामुदायिक र ५ वटा संस्थागत विद्यालय संचालनमा छन् । 

प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update