Odapalika - The Fourth Estate - चौथो अंग
टेम्केमैयुङ गाउँपालिकाले माग्यो साना सिंचाइ प्रवद्र्धनको प्रस्ताव, किसानले कति पाउँछन् अनुदान ?

काठमाडौँ । भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिकाले साना सिंचाई प्रवद्र्धन कार्यक्रम संचालन गर्न प्रस्ताव माग गरेको छ ।

गाउँपालिकाले अगुवा कृषक, कृषि फर्म, समुह तथा सहकारी संस्थाहरुसँग प्रस्ताव मागेको हो ।

संघ सरकारले उपलब्ध गराएको सशर्त अनुदान रकमबाट प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयनको लागि साना सिंचाई प्रवद्र्धन कार्यक्रम संचालन गरिएको गाउँपालिकाले जानकारी दिएको छ । यस्तो कार्यक्रमका लागि गाउँपालिकाभरिका किसान, कृषि फर्म, समुह वा सहकारी संस्थाहरुसँग प्रस्ताव माग गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिए ।

सो कार्यक्रमको लागि ९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यो बजेटबाट गाउँपालिकाले ५० प्रतिशत अनुदानमा पाइप उपलब्ध गराउने हो । प्राप्त भएका प्रस्तावका आधारमा कति निवेदकलाई पाइप उपलब्ध गराउने भन्ने निर्णय हुने प्रमुख प्रशासकीय अधिकृत दाहालले बताए । 

गाउँपालिकाले फागुन २७ गतेभित्र आवश्यक कागजातसहित निवेदन दिन भनेको छ ।

निवेदनको साथमा सम्बन्धित वडाको सिफारिसपत्र, कृषि सहकारी, समुह वा फर्मको हकको दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपी, स्थायी लेखा नम्बरको प्रतिलिपी, करचुक्ता प्रमाणपत्रको प्रतिलिपी, कृषि समुह वा सहकारीको हकमा निर्णयको प्रतिलिपी जस्ता कागजात आवश्यक पर्ने गाउँपालिकाले जानकारी दिएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update