काठमाडौँ । चैते दशैं सुरु हुन लागेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले चैते दशैंको घटस्थापनाको शुभ साइत पनि सार्वजनिक गरेको छ ।
समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीका अनुसार चैत ५ गते विहीबार विहान ७ बजेर ५१ मिनेटको समय घटस्थापनको लागि शुभ साइत छ । सो समयमा उत्तर फर्केर घटस्थापना गर्नु शुभ हुने कार्यकारी निर्देशक पन्थीले जानकारी दिए । यसपालि चैत १२ गते चैते दशैं परेको छ भने चैत १३ गते रामनवमी छ । रामनवमीको अघिल्लो दिन चैत दशैं मान्ने परम्परा छ ।
प्रकाशित मिति: बुधबार, चैत ४, २०८२ १२:१९
प्रतिक्रिया दिनुहोस्







