राष्ट्र बैंकले भोलि मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै
आइतबार, मंसिर १४, २०८२
घोराही सिमेन्टले घोषणा गर्यो लाभांश
आइतबार, मंसिर १४, २०८२
घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको लाभांश घोषणा भएको छ ।
मेलम्ची खानेपानीको प्रगति विवरण सार्वजनिक
आइतबार, मंसिर १४, २०८२
खानेपानी मन्त्रालयले राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानीको हालसम्मको सम्पादित विषयगत कार्यसम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरी सो विवरण सार्वजनिक गरेको हो ।
चार महिनामा १६ हजार पर्यटकले घुमे मनाङ
शनिबार, मंसिर १३, २०८२
चालु आर्थिक वर्षको प्रथम चार महिनामा १६ हजार २९६ पर्यटकले मनाङ भ्रमण गरेका छन् ।
बंगलादेशले थप २० मेगावाट बिजुली लैजाने सहमति, सुनकोसी–३ जेभीए टुंग्याइने
शुक्रबार, मंसिर १२, २०८२
नेपालबाट बंगलादेशले थप २० मेगावाट बिजुली लैजाने निर्णय गरिएको छ । बिहीबार (मंसिर ११) बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी)को सातौँ बैठकबाट यस्तो निर्णय गरिएको हो ।
बढ्यो अमेरिकी डलरको मूल्य
शुक्रबार, मंसिर १२, २०८२
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ६० पैसा र बिक्रीदर १४३ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ ।
आठौं सामाजिक सुरक्षा दिवसः सरकार, निजी क्षेत्र र श्रमिकका संगठनले दिए उच्च महत्त्व
बिहीबार, मंसिर ११, २०८२
काठमाडौँमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यता रहेको थियो भने प्रदेशस्तरमा मुख्यमन्त्रीहरू र स्थानीय तहमा पालिका प्रमुखहरूको उपस्थितिमा दिवस मनाइएको हो।
राष्ट्र बैंकमा पेन्सन विभेदः बीरविक्रमले नपाएको बमबहादुरले कसरी पाए ?
बिहीबार, मंसिर ११, २०८२
त्यसको एक महिना पनि नवित्दै तत्कालिन गभर्नर अधिकारीले २०७७ साल चैत २२ गते मिश्रलाई पेन्सन पट्ट बनाइदिएका छन् । तर, मिश्रले राष्ट्र बैंकमा सेवा गरेको २०७९ सालमा मात्रै २० वर्ष पुग्छ ।
नेपाललाई जर्मन संस्था एसइएसले सहयोग गर्ने
बुधबार, मंसिर १०, २०८२
एनजिसिसिआई सचिवालयमा आज भएको भेटवार्तामा एसइएसकी परियोजना संयोजक उल्रिके पुट्जले नेपालमा विभिन्न क्षेत्रमा सीप तथा प्रविधि हस्तान्तरणमार्फत क्षमता अभिवृद्धि गर्न संस्था तयार रहेको बताइन्।
सहकारी दर्ताका लागि आवेदन खुल्यो, ६० दिनभित्र दर्ता प्रक्रिया पूरा गर्नुपर्ने
बुधबार, मंसिर १०, २०८२
सहकारी संस्थाको नियमनका लागि स्थापना भएको राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थालाई दर्ता हुन आह्वान गरेको छ ।
धरहरा सञ्चालनको एक वर्ष पूरा‚ सात करोड ७१ लाख राजस्व संकलन
मंगलबार, मंसिर ९, २०८२
पुनर्निर्माण भएपछि धरहरा सःशुल्क सञ्चालनमा आएको एक वर्ष पूरा भएको छ । सोही अवधिमा रु सात करोड ७१ राख राजस्व असुली भएको बताइएको छ ।
यसरी जुटाइँदै छ अपर अरुण जलविद्युत आयोजनाको लगानी
मंगलबार, मंसिर ९, २०८२
नेपाल विद्युत् प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोट खोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशय युक्त जलविद्युत आयोजनाको निर्माण अवधिको ब्याज, मूल्यवृद्धि लगायत सहित १ अर्ब ७५ करोड डलर (करिब २ खर्ब १४ अर्ब) अनुमानित लागत रहेको पाइएको छ ।
गोलभेँडाको मूल्य आकाशियो, कति पुग्यो अरु तरकारीको मूल्य ?
मंगलबार, मंसिर ९, २०८२
कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडाको औसत मूल्य किलोको १२२ रुपैयाँ छ। त्यसैगरि सानो लोकल गोलभेँडा १०५, टनेलको सानो गोलभेँडाको औसत मूल्य १३३, रातो आलु ५५, सुकेको भारतीय प्याज ३३, लोकल गाँजर १४५, लोकल बन्दा ६५, स्थानीय काउली ६५, लाम्चो भन्टा ६०, डल्ले भन्टा ६०, तने बोडी १७५ रुपैयाँ प्रतिकिलो छ।


