पोखरा महानगरको गज्जव काम ! तरबुजाखेतीमा ५० प्रतिशत अनुदान
आइतबार, पुस २०, २०८२
ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवमा सिएसआरका १९ कार्यक्रम घोषणा, यस्ता छन् स्थानीय सरकारसँग
शुक्रबार, पुस १८, २०८२
स्थानीय तहसँग समन्वय गरी फोहोर व्यवस्थापन तालिम सञ्चालन गरिने बैंकले जानकारी दिएको छ ।
शुल्लाफाँटा–१० को टोटी खोलामा ३ करोडको पक्की पुल
शुक्रबार, पुस १८, २०८२
शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले नगरपालिकाको सीमित बजेटले पुल निर्माण सम्भव नभएपछि प्रदेश सरकारबाट तीन करोड ४८ लाख जुटाइएको जनानकारी दिए ।
महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व
मंगलबार, पुस १५, २०८२
महानगरले चालु आवका लागि रु १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार आम्दानी हुने लक्ष्य लिएकामा त्यसमध्ये रु १० अर्ब १२ करोड ६४ लाख आन्तरिक आयको लक्ष्य राखिएको डङ्गोलको भनाइ छ। यस्तै, नेपाल सरकार तथा प्रदेश सरकारबाट शसर्त, समानीकरण, राजस्व बाँडफाँटबाट रु चार अर्ब चार करोड ३४ लाख प्राप्त...
पहिलो पटक करदाता सेवा प्रदान गरिरहेको केराबारी गाउँपालिकाको अनुभव कस्तो छ ?
सोमबार, पुस १४, २०८२
‘हामीले राम्रो कार्य सुरु गरेका छौं । गाउँपालिकाका जनताले आफ्नै पालिकाबाट करदाता सेवा पाएका छन् । जनता खुसी छन् । केही समस्या आएको छैन,’ प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भने ।
रिलायन्स स्पिनिङमा तीन करोड पाँच लाख ४० हजार २१८ कित्ताको आवेदन
आइतबार, पुस १३, २०८२
कम्पनीले आमसर्वसाधारण, वैदेशिक रोजगार र म्युचुअल फन्डतर्फ निष्कासित १० लाख ९८ हजार १६२ कित्ताको लागि तीन करोड पाँच लाख ४० हजार २१८ कित्ता आवेदन परेको जनाएको छ । जसमा २५ अर्ब ११ करोड ४८ लाख ५१ हजार ५३२ रुपैयाँ जम्मा भएको छ ।
उखु काटेर उद्योगमा पुर्याउन उखु किसानलाई धपेडी
शनिबार, पुस १२, २०८२
भङ्गाहा–४ प्रेमनगरका किसान रामविलास महतोले पुस तेस्रो साताभित्र चैतेबाली लगाइसक्नुपर्ने भएकाले आफूहरू त्यसैमा लागेको बताए। उनले भने,'समयको चाप छ, त्यसैले हाल मुटु कँपाउने जाडो पनि नभनी उखुको काममा जोतिनुपरेको छ।'
रेसुङ्गा नगरपालिका र होटल पौवाबीच भएको सम्झौता सर्वाेच्चले गर्यो खारेज, यस्ताे छ कारण
शुक्रबार, पुस ११, २०८२
सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र शारङ्गा सुवेदीको इजलासले नगरपालिका र होटल पौवाबीच २०७६ कात्तिक १ गते भएको सम्झौता नै अवैध रहेको फैसला गरेको हो ।
पुस ९ गतेसम्म काठमाडौँ महानगरको खर्च १८.४८ प्रतिशत मात्रै, कुन वडाले कति गरे ?
शुक्रबार, पुस ११, २०८२
काठमाडाैँ महानगरले कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको वजेट स्वीकृत गरी कार्यान्वयन ल्याएको थियो ।
जनकपुर उपमहानगरको ई–रिक्सा समस्या समाधान गर्न अध्ययन समिति गठन
बिहीबार, पुस १०, २०८२
उपमहानगरपालिका भित्र लामो समय देखि ई–रिक्साको व्यवस्थापन समस्या रहेको छ । सोही निवारण गर्नका लागि ई-रिक्सा व्यवस्थापन, सञ्चालन तथा दर्तासम्बन्धी समस्या समाधानका लागि पाँच सदस्यीय अध्ययन समिति गठन गरिएको हो।
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
बुधबार, पुस ९, २०८२
आज यहाँ आयोजित नेपाल क्लियरिङ हाउसको १७ औँ वार्षिकोत्सव समारोहमा राबा बैंकलाई सबैभन्दा बढी ‘क्यूआर’ मर्चेन्ट कारोबार गर्ने र सबैभन्दा बढी डिजिटल सरकारी कारोबार गर्ने बैंकका रूपमा पुरस्कृत गरिएको हो । उक्त सम्मान बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले ग्रहण गरेका थिए।
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ, यस्तो छ स्थानीय सरकारको गुनासो
बुधबार, पुस ९, २०८२
कार्यक्रममा दिइएको जानकारीअनुसार ११४ भन्दा बढी स्थानीय सरकारले कोषसँग सम्झौता गरी आफ्नो पालिकाका अनौपचारिक क्षेत्रका मजदुरलाई कोषमा आवद्ध गराउने पहल थालेका छन् ।
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत
बुधबार, पुस ९, २०८२
नयाँ सहरसँग सम्बन्धित महत्त्वपूर्ण काम हाल अलपत्र अवस्थामा रहेकाले कामलाई पूर्णता दिने उद्देश्यले एकिकृत गरिएको उनको भनाइ छ ।


