सुधनले छाडेर हिडेपश्चात् गृहमन्त्रालय आफैसँग राखे बालेनले
बुधबार, वैशाख ९, २०८३
मालपोत कार्यालय भक्तपुरबाट ११ विचौलियालाई प्रहरीले गर्यो पक्राउ
बुधबार, वैशाख ९, २०८३
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले भक्तपुर नगरपालिका–१० स्थित भूमि सुधार तथा मालपोत कार्यालयबाट उनीहरुलाई आज पक्राउ गरिएको जानकारी दिए।
सहकारी पीडितको बचत फिर्ता गराउने भन्दै एक्सनमा उत्रियो सहकारी मन्त्रालय
बुधबार, वैशाख ९, २०८३
बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले सरकारले १०० दिनभित्र सहकारी पीडितको रकम फिर्ता सुरु गर्ने घोषणा गरेकाले कुनै पनि प्रक्रियागत ढिलासुस्तीले रोकिने वातावरणको अन्त्य गर्नुपर्ने बताए। बैठकमा महान्यायाधिवक्ता डा कँडेल र एआइजी डा केसीले समस्याग्रस्त सहकारीमा अड्किएको रकम असुली प्रक्रियालाई तीव्रता दिन आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए।
मेयर्स फोरमको आग्रहः उपत्यकामा वैशाख १५ देखि नियमित पठनपाठन सुरु गरियोस्
बुधबार, वैशाख ९, २०८३
फोरमका अनुसार विद्यालय सञ्चालन, व्यवस्थापन र नियमनको अधिकार संविधान २०७२ को अनुसूची–८ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (ज) बमोजिम स्थानीय तहअन्तर्गत पर्ने भएकाले प्रत्येक पालिकाले आफ्नो शैक्षिक क्यालेण्डरअनुसार विद्यालय सञ्चालन गर्दै आएका छन् । तर, पछिल्लो सरकारी सूचनाले विद्यालय सञ्चालनमा अन्योल सिर्जना गरी नियमित पठनपाठन प्रभावित...
सामाजिक सुरक्षा कोषले घर र जग्गा किन्न पनि ऋण पाउने, कर्जा सीमा १ करोड ५० लाख
बुधबार, वैशाख ९, २०८३
कोषले वैशाख ४ गतेबाट ऋणकाे सीमा बढाएको हो। हाललाई वार्षिक ५.८५ प्रतिशत ब्याजदरमा घर कर्जा दिन सुरू गरिएको छ ।
हुरीले घर उडाएका मुसहर वस्तीका घर लहान नगरपालिकाले बनाई दिने
बुधबार, वैशाख ९, २०८३
गत शनिबार साँझ आएको विनाशकारी हुरीले घरको छाना उडाउनुका साथै भौतिक क्षति पुर्याएपछि बिचल्लीमा परेका परिवारका लागि नगरपालिकाले सुरक्षित आवासको व्यवस्था गर्न लागेको हो ।
कोन्ज्योसोम गाउँपालिकाले भन्यो– कर्मचारीलाई विरामी विदा चाहिए २४ घण्टा अगाडि नै स्वीकृत गराउनू
बुधबार, वैशाख ९, २०८३
पाँचौँ बुँदामा सरकारको निर्देशन बमोजिम तोकिएको पोसाक र परिचयपत्र अनिवार्य लगाउन भनिएको छ । पोशाक र परिचयपत्र नलगाई आउने कर्मचारीलाई सो दिन अनुपस्थित सरह मानिने गाउँपालिकाको निर्णय छ ।
हावाहुरी र बर्षाको बितण्डा : गोरखाका करिव दुई दर्जन घरकाका छाना उँडायो, सात वटा गाडीमा पनि क्षति
बुधबार, वैशाख ९, २०८३
हावाहुरी सहितको असिना पानीले आइतवार जिल्लामा दुई दर्जनभन्दा बढी घरधुरीमा क्षति पु¥याएको छ । बिभिन्न ठाउँका करिव २३ वटा घरधुरीको छाना उडाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बलात्कार मुद्दामा एमाले नेता कर्ण मल्लविरुद्ध १० वर्ष कैद माग
बुधबार, वैशाख ९, २०८३
बलात्कार सम्बन्धी मुद्दामा नेकपा एमालेका नेता कर्णबहादुर मल्लको थुनछेक बहस जिल्ला अदालत ललितपुरमा सुरु भएको छ।
ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु,रथ तानेर गाबल पुर्याइयो
मंगलबार, वैशाख ८, २०८३
गुठी संस्थानका अनुसार आज रातो मच्छिन्द्रनाथलाई मीननाथ देवताले स्वागत गर्दै गाबलसम्म ल्याइएको हो । बुधबारदेखि रातो मच्छिन्द्रनाथको रथ अगाडि लाग्नेछ भने मिननाथ देवताको सानो रथ पछि लाग्नेछ ।
मूल्यसूचि स्टिकर अनिवार्य बनाउने विषयमा नाडा–वाणिज्य विभागबीच छलफल
मंगलबार, वैशाख ८, २०८३
नाडाले उक्त व्यवस्थाको स्वागत गर्दै कार्यान्वयनका क्रममा देखिन सक्ने विभिन्न व्यावहारिक समस्या र जिज्ञासा उठाएको छ। विशेषगरी पुरानो स्टकमा रहेका सामग्रीको व्यवस्थापन, भन्सार बिन्दुमै स्टिकर टाँस्ने प्रावधानको व्यवहारिकता लगायत विषयमा स्पष्टता माग गरिएको छ। साथै, नाडाले फेयर ट्रेड र पारदर्शितामा आफू सधैं प्रतिबद्ध रहेको जनाएको छ।
रास्वपा लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गरिएको निवेदन दरपिठ
मंगलबार, वैशाख ८, २०८३
अधिवक्ता आयुष बडालसहितले सम्पत्ति शुद्धीकरणको मुद्दा विचाराधीन रहेको अवस्थामा लामिछाने स्वतः निलम्बित हुने उल्लेख गर्दै पेस भएको रिट निवेदन सर्वोच्च अदालत प्रशासनले दरपिठको गर्ने निर्णय गरेको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
समस्याग्रस्त सहकारीको ऋण व्यवस्थापन समितिले भन्योः १५ दिनभित्नेर हरहिसाब नबुझाए सार्वजनिक सेवा-सुविधा रोकिन्छ
मंगलबार, वैशाख ८, २०८३
सूचनामा भनिएको छ,'नेपाल सरकार (भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय) बाट सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा भई सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि यस समितिको मातहतमा आएका तपसिलबमोजिमका सहकारी संस्थाका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, कर्मचारीहरू, जमानीहरूलाई कार्यालयको वेबसाइट र राष्ट्रिय स्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन,...


