जुम्लाको अप्रत्यासित मतपरिणामः रास्वपाकी विनिता कठायतसहित ६ जना उम्मेदवारको जमानत जफत
जुम्लाको अप्रत्यासित मतपरिणामः रास्वपाकी विनिता कठायतसहित ६ जना उम्मेदवारको जमानत जफत खसेको सदर मतको १० प्रतिशत ल्याउन नसक्दा देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जनलहर चले पनि जुम्लामा विनिता कठायतले जम्मा ४२१ मत मात्र प्राप्त गरेपछि उनको धरौटी जफत भएको छ ।
यी हुन समानुपातिक प्रणालीतर्फ मतगणना सुरु नै नभएका ८ निर्वाचन क्षेत्र
यी हुन समानुपातिक प्रणालीतर्फ मतगणना सुरु नै नभएका ८ निर्वाचन क्षेत्र समानुपातिक तर्फको मतगणना सम्पन्न भएपछि थ्रेसहोल्ड पार गरेका दलहरूले प्राप्त गरेको मतका आधारमा आयोगले सम्बन्धित दलको तर्फबाट निर्वाचित हुने सांसदको सङ्ख्या निर्धारण गर्नेछन् । 
पहिलो दल बनेको रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
पहिलो दल बनेको रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’ निर्वाचनअघि सार्वजनिक गरिएको चुनावी वाचापत्रमा रास्वपाले आर्थिक सुधारलाई केन्द्रमा राख्दै उत्पादकत्व वृद्धि, नियामक सुधार, लगानीमैत्री वातावरण, ‘डिजिटल’ अर्थतन्त्र, वित्तीय क्षेत्र सुधारलगायत विषयलाई प्रमुख ‘एजेन्डा’ बनाएको थियो । अब सरकार गठनपछि ती प्रतिबद्धताहरू कार्यान्वयन कसरी अघि बढ्छन् भन्ने स्वाभाविक चासोको विषय हो । राससले रास्वपाको वाचापत्रमा राखिएका आर्थिक एजेन्डालाई केलाएको छ...
तनहुँमा छ हजार भन्दा बढी मत बदर
तनहुँमा छ हजार भन्दा बढी मत बदर क्षेत्र नम्बर २ अन्तर्गत ६६ हजार १०० मत खसेकामा ६२ हजार ५७९ मत सदर भएको छ । मतपत्रमा एकभन्दा बढी चिह्न लगाउने, गलत स्थानमा छाप लगाउने तथा खाली मतपत्र हाल्ने जस्ता कारणले मत बदर भएको लम्सालको भनाइ छ । 
समानुपातिकमा ३५,३८,९७१ मत गणना हुँदा हर्क साम्पाङ र कुलमानको पार्टीको अवस्था कस्तो छ ?
समानुपातिकमा ३५,३८,९७१ मत गणना हुँदा हर्क साम्पाङ र कुलमानको पार्टीको अवस्था कस्तो छ ? निर्वाचन आयोगले दिएको जानकारी अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ११२ सिटमा जित प्राप्त गरेको छ भने अझै १३ सिटमा अग्रता लिएको छ ।
सप्तरी–३ मा उपेन्द्र यादवलाई दोब्बर मतान्तरले पछि पार्दै रास्वपाका चौधरी निर्वाचित
सप्तरी–३ मा उपेन्द्र यादवलाई दोब्बर मतान्तरले पछि पार्दै रास्वपाका चौधरी निर्वाचित निर्वाचन अधिकृत सीताराम आचार्यका अनुसार उनले ३२ हजार ८७५ मत प्राप्त गरेका छन् ।
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक‚ कस्ले कहाँ जिते? 
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक‚ कस्ले कहाँ जिते?  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ६७, नेपाली कांग्रेस नौ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तीन, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दुई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्र उम्मेदवार एक‚एक जना विजयी भएका छन्। यो अवधिसम्ममा निर्वाचित उम्मेदवारमध्ये रास्वपाका अधिकांश उम्मेदवार ठूलो मतान्तरले विजयी भएका छन् । 
एमाले अध्यक्ष ओलीले ‘दम्भ’ फेलः चुनाव हार्ने यी हुन् पदाधिकारी
एमाले अध्यक्ष ओलीले ‘दम्भ’ फेलः चुनाव हार्ने यी हुन् पदाधिकारी उपमहासचिव रघुवीर महासेठले पनि ८ हजार मत समेत पाउन सकेका छैनन् । मतगणना जारी रहँदा रास्वपाका राजकिशोर महतोले ३२ हजार ५९३ मत ल्याएका छन् । यहाँ कांग्रेस उम्मेदवार महेन्द्र यादवले ११ हजार ८४४ मत ल्याउँदा महासेठले मात्र ७ हजार ३४८ मत पाएका छन् ।
‘पार्टी सुधारे’को दाबी गर्ने कांग्रेस पत्तासाफ!
‘पार्टी सुधारे’को दाबी गर्ने कांग्रेस पत्तासाफ! कांग्रेसबाट भावी प्रधानमन्त्री घोषित सभापति गगनकुमार थापाकै प्रदर्शन कमजोर देखिएको छ । काठमाडौं ४ छाडेर मधेश झरेका उनी सर्लाही ४ बाट चुनाव लडे । तर‚ रास्वपा उम्मेदवारसँग उनी निरन्तर पछाडि छन् । 
सर्वाधिक मतसहित झापा ५ बाट बालेन विजयी‚ ओलीको लजास्पद हार
सर्वाधिक मतसहित झापा ५ बाट बालेन विजयी‚ ओलीको लजास्पद हार शनिबार साँझ सम्पन्न मतगणनामा बालेन ६८ हजार ३४८ मतसहित विजयी भएका हुन् । रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्ताव गरेका शाहसँग ओली फराकिलो मतान्तरले पराजित भएका हुन् । ओलीले १८ हजार ७३४ मत प्राप्त गरे ।
निर्वाचनमा करिब ६० प्रतिशत मत खस्यो 
निर्वाचनमा करिब ६० प्रतिशत मत खस्यो  निर्वाचन सम्पन्न भएपछि आज आयोगमा आयोजित पत्रकार सम्मेलनमा आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले अहिलेसम्मको प्राप्त विवरणअनुसार करिब ६० प्रतिशत मत खसेको बताए । 
रौतहटमा आज रातिदेखि नै मतगणना गरिने
रौतहटमा आज रातिदेखि नै मतगणना गरिने निर्धारित समय बिहान ७ः०० देखि सुरु भएको मतदान कार्यक्रम साँझ ५ः०० बजे सम्पन्न भएको थियो । कुनै पनि अप्रिय घटना नभई जिल्लाभित्र रहेको ५४१ वटै मतदान केन्द्रमा मतदान सम्पन्न भएको रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए।
Weather Update