चाँगुनारायण नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख जम्मा गर्ने
चाँगुनारायण नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख जम्मा गर्ने भक्तपुरको चाँगुनारायण नगरपालिकाले भोटेकोशी बाढी पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख ३५ हजार रूपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । स्थानीय विपद् व्यवस्थापन समितिले भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोगका लागि सो रकम प्रदान गर्ने निर्णय गरेको हो ।
इलामका चुलाचुली र माई नगरपालिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि ३५ लाख सहयोग
इलामका चुलाचुली र माई नगरपालिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि ३५ लाख सहयोग इलामका दुई पालिकाले भोटेकोशी बाढीपिडितका लागि ३५ लाख सहयोग गर्ने घोषणा गरेका छन्। रसुवागढी हुँदै आएको बाढीबाट प्रभावितहरूको उद्धार, उपचार तथा राहतका लागि चुलाचुली गाउँपालिकाले २५ लाख र माई नगरपालिकाले १० लाख रूपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।
अन्तिमपटक देख्न पाए...
अन्तिमपटक देख्न पाए... परिवार र आफन्तलाई रसुवा बाढीमा बेपत्ता भएकाहरु अब जीवितै भेटिने आश छैन । उनीहरुलाई अन्तिमपटक हेर्ने र अन्तिम बिदाइ गर्ने धोको छ । त्यसैले बेपत्ताका परिवार र आफन्त शव गृहमा घण्टौँ शवको पर्खाइमा छन् ।
प्रधानमन्त्री राहत कोषमा रकम भुक्तानी गर्दा कारोबार सीमा नलाग्ने
प्रधानमन्त्री राहत कोषमा रकम भुक्तानी गर्दा कारोबार सीमा नलाग्ने नेपाल राष्ट्र बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा मोबाइल बैंकिङ, वेबएप्लिकेसन वा इमनीको माध्यमबाट रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने व्यवस्था गरेको छ ।
बाढी प्रभावित क्षेत्रमा पशु उद्धार र उपचारका लागि प्राविधिक टोली परिचालन
बाढी प्रभावित क्षेत्रमा पशु उद्धार र उपचारका लागि प्राविधिक टोली परिचालन विभागले बाढी प्रभावित क्षेत्रमा पशुपन्छीको उद्धार, आकस्मिक उपचार, मृत पशुपन्छीको सुरक्षित विसर्जन तथा जैविक सुरक्षाको व्यवस्थापनका लागि औषधि उपचारसहितको प्राविधिक टोली परिचालन गरेको जनाएको छ।
नुवाकोटको विदुर पुगेर फर्किय प्रधानमन्त्री शाह, आसपास क्षेत्रको स्थलगत निरीक्षण सम्पन्न
नुवाकोटको विदुर पुगेर फर्किय प्रधानमन्त्री शाह, आसपास क्षेत्रको स्थलगत निरीक्षण सम्पन्न प्रधानमन्त्री वालेन्द्र शाहले आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण सम्पन्न गरेका छन् ।
विपद्को घडीमा एकजुट हुन काठमाडौँ महानगरकी कार्यवाहक मेयर डंगोलको अपिल
विपद्को घडीमा एकजुट हुन काठमाडौँ महानगरकी कार्यवाहक मेयर डंगोलको अपिल काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलले भोटेकोशी बाढीबाट उत्पन्न मानवीय संकटलाई संयमतापूर्वक व्यवस्थापन कार्यमा एकजुट हुन सबैमा अपिल गरेकी छन् ।
बाढी प्रभावितको खोज तथा उद्धारका लागि अपि पावरद्वारा ३५ लाख रुपैयाँ सहयोग
बाढी प्रभावितको खोज तथा उद्धारका लागि अपि पावरद्वारा ३५ लाख रुपैयाँ सहयोग भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि अपि पावर कम्पनीले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मार्फत ३५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन भए तत्काल जानकारी गराउन बडिगाड गाउँपालिकाको आग्रह
बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन भए तत्काल जानकारी गराउन बडिगाड गाउँपालिकाको आग्रह बागलुङको बडिगाड गाउँपालिकाले भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा रहेका आफ्ना नागरिक सम्पर्कविहीन भए तत्काल स्थानीय तहमा जानकारी गराउन आग्रह गरेको छ।
बाढी प्रभावित परिवारलाई सम्पर्कमा आउन राजापुर नगरपालिकाको अपिल
बाढी प्रभावित परिवारलाई सम्पर्कमा आउन राजापुर नगरपालिकाको अपिल बर्दिया जिल्लाको राजापुर नगरपालिकाले सिन्धुपाल्चोकको भोटेकोशी नदीलगायत विभिन्न जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित तथा सम्पर्कविहीन राजापुर नगरपालिकाका नागरिकको खोजी तथा उद्धारका लागि अपिल गरेको छ।
भोटेकोशी बाढीपीडितका लागि पैयुँ गाउँपालिकाका कर्मचारीद्वारा तीन दिनको तलब सहयोग
भोटेकोशी बाढीपीडितका लागि पैयुँ गाउँपालिकाका कर्मचारीद्वारा तीन दिनको तलब सहयोग पर्वत जिल्लाको पैयुँ गाउँपालिकाका कर्मचारीहरुले भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै ३ दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।
कुमारी बैंकद्वारा बाढी प्रभावितका लागि ३ करोड ३९ लाख बराबरको सहयोग
कुमारी बैंकद्वारा बाढी प्रभावितका लागि ३ करोड ३९ लाख बराबरको सहयोग हालैको विपद्बाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायतका जिल्लाहरू प्रभावित भएका छन, प्रभावित परिवारहरूलाई राहत, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउन नेपाल सरकारसँग समन्वय गरी उक्त सहयोग प्रदान गरेको छ ।
Weather Update