केराबाट व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन
मंगलबार, असार १६, २०८३
बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
मंगलबार, असार १६, २०८३
यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक लगाएको छ । सोमबार बसेको जिल्ला सुरक्षा समिति लमजुङको बैठकले यस वर्षको मनसुजन्य विपद्बाट हुनसक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न असार मसान्तसम्म अत्यावश्यक बाहेकका अन्य सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।
पाराग्वे प्रिक्वाटरफाइनलमा, पेनाल्टी सुटआउटमा जर्मनी पराजित
मंगलबार, असार १६, २०८३
चार पटकको विश्वकप विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा हराउँदै पाराग्वे फिफा विश्वकप २०२६ को प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा मंगलबार बिहान सम्पन्न राउण्ड अफ ३२ को खेलमा दक्षिण अमेरिकी राष्ट्र पाराग्वेले जर्मनीलाई सडनडेथमा ४–३ ले स्तब्ध पारेको हो ।
संखुवासभाको सिलिचोङमा पहिरो जाँदा ७ परिवार विस्थापित
मंगलबार, असार १६, २०८३
सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ मा लगातारको वर्षापछि आएको बाढीपहिरोले सात परिवार विस्थापित भएका छन् । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण सिलिचोङ–१ तेन्छोङका सात परिवार विस्थापित भएका हुन् ।
जापानलाई हराउँदै ब्राजिल प्रिक्वाटरफाइनलमा
मंगलबार, असार १६, २०८३
जापानलाई हराउँदै ब्राजिल फिफा विश्वकप-२०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। राउण्ड अफ ३२ को खेलमा ब्राजिलले जापालाई २–१ ले पराजित गरेको हो। अमेरिकाको ह्युस्टनमा भएको खेलमा ब्राजिलले जापालाई अधिकांश समय दबाबमा राखेको थियो।
जन्तेढुंगा गाउँपालिकाको अस्पताल अलपत्र, ठेक्का तोड्ने पालिकाको तयारी, ठेकेदार भन्छः बजेटै पुगेन
सोमबार, असार १५, २०८३
पर्याप्त बजेट र उपयुक्त वातावरण सिर्जना गर्दासमेत ठेकेदार कम्पनीले अस्पताल भवनको काम नगरेको गाउँपालिकाका उपप्रमुख एवं अनुगमन समिति संयोजक खेमबहादुर खड्काले जानकारी दिए ।
लिखु गाउँपालिकाले टारकेराबारीमा व्यवस्थित शहर बनाउने, अरु यस्ता छन् नीति र कार्यक्रमहरु
सोमबार, असार १५, २०८३
गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रममा टारकेराबारी सहरी गुरुयोजना संचालन गर्ने भनिएको छ ।
काठमाडौँ उपत्यकामै छायाँ सेन्टर जस्तै गरी हजारौं रोपनी जग्गामा बनेका छन् असंख्य हाेटल र कम्प्लेक्स
सोमबार, असार १५, २०८३
काठमाडौँ उपत्यकामा ५ हजार रोपनीभन्दा बढी रैतानी जग्गा छ । यस्तो रैतानी जग्गामा धेरैवटा भवन, धेरैवटा कम्प्लेक्स र धेरैवटा होटल बनेका छन् । र, अर्काे रोचक कुरा त के छ भने छाया सेन्टरले गुठीको जग्गा मिच्यो भनेर अड्डा अदालत धाउने एक जना व्यक्तिको घर पनि गुठीकै जग्गामा बनेको छ ।
धितोपत्र बोर्डका अध्यक्षलाई अर्थमन्त्रीले भने– हरेक दिन, हप्ता, महिना र वर्षको सुधारको योजना पेश गर्नू
सोमबार, असार १५, २०८३
अर्थमन्त्री डा. वाग्लेले पुँजी बजार सुधारका कामहरू गर्न हरेक दिन, हप्ता, महिना, ६ महिना र एक वर्षका योजना के हुन्, त्यो पेस गर्न पनि नवनियुक्त अध्यक्ष भट्टलाई निर्देशन दिए ।
जगदुल्ला जलविद्युत परियोजनाः तीन तहकै सरकार र जनताको लगानी, स्थापना हुँदैछ नयाँ मोडल
सोमबार, असार १५, २०८३
कम्पनीमा सरकारी निकाय, कर्णाली प्रदेश सरकार तथा स्थानीय तहहरूको संयुक्त ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर स्वामित्व रहने व्यवस्था गरिएको छ । स्थानीय बासिन्दाका लागि छुट्टै १० प्रतिशत शेयर सुरक्षित गरिएको छ भने प्रसारण लाइनको ‘राइट अफ वे’ भित्र पर्ने जग्गाधनीलाई ३ प्रतिशत शेयर दिने व्यवस्था पनि गरिएको छ...
कृषि मन्त्री चौधरी भन्छिन्– धान उत्पादन बढाउन प्रविधि र सहकार्य अपरिहार्य
सोमबार, असार १५, २०८३
कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले जलवायु परिवर्तनको चुनौती सामना गर्दै धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्न आधुनिक प्रविधि, अनुसन्धान र सबै सरोकारवालाबीचको सहकार्य अपरिहार्य रहेको बताएकी छन् ।
सडक पूर्वाधारलाई सुधार गर्दै मालिका गाउँपालिका
सोमबार, असार १५, २०८३
मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारको सडकलाई कालोपत्रसहित स्तरोन्नति गर्न सुरु गरिएको छ । पश्चिम म्याग्दीको मुख्य बजारका रूपमा रहेको मालिका गाउँपालिका–६ दरबाङ बजारभित्रको सडकलाई फराकिलो बनाएर कालोपत्र गर्न लागिएको हो ।
बजारभित्रको सडक साँघुरो र कच्ची हुँदा हिलो, धुलोको सास्ती र सवारी आवतजावतमा समस्या भइरहेको समयमा कालोपत्र योजना सञ्चालन भएपछि...


