बाजुराको मार्तडी–कोल्टी सडकखण्डमा पाँच महिना पछि पुनः बस सेवा सञ्चालन
मंगलबार, कात्तिक ४, २०८२
झापामा यो वर्ष भएन बजार अनुगमन
मंगलबार, कात्तिक ४, २०८२
जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी तेजप्रकाश प्रसाईले प्रशासनको समन्वयमा स्थानीय पालिकाले बजार अनुगमन गर्दै आएको जनाउँदै जेनजी आन्दोलन र त्यसपछि बाढीको समस्याका कारण सबैको ध्यान उद्धार, राहत र उपचारमा गएको बताए । “असोज १८ देखि २० गतेसम्मको अविरल वर्षाका कारण झापामा बाढी र डुबानको समस्या विकराल बन्यो,” सहायक प्रजिअसमेत...
अब जेनजी र दलहरू बसौँ‚ सरकार चुनाव गराउन कटिवद्ध छः प्रधानमन्त्री कार्की
मंगलबार, कात्तिक ४, २०८२
साथै प्रम कार्कीले सुरुवाती चरणमा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा नै नरूचाएको समेत स्पष्ट पारिन् । “राष्ट्रपतिज्यूबाट संवादको ढोका खोलिदिने काम भएको छ। अब जेनजी र दलहरू बसौँ‚” उनले भनिन्।
उद्योगी भन्छन्: प्रमाण नभएको बिलको भुक्तानी किन गर्नु ?
मंगलबार, कात्तिक ४, २०८२
प्राधिकरणले कानुनी प्रक्रियालाई लत्याएको, उद्योगहरूलाई प्रशासकीय पुनरावलोकनका लागि निवेदन दिन लगाई, सो प्रक्रियाको लागि कुल विवादित रकमको ५ प्रतिशत बैंक ग्यारेन्टी समेत जम्मा गर्न लगाएपछि, प्राधिकरणको सञ्चालक समितिले सो सम्पूर्ण प्रक्रिया र कामकारबाही स्वेच्छाचारी ढंगले रद्द गरेको उनीहरूको आरोप छ ।
वाणिज्य बैंकहरूले कार्तिक महिनाका लागि घटाए ब्याजदर
मंगलबार, कात्तिक ४, २०८२
कार्तिक महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा ब्याजदर ०.२६ व्याजदर घटेको छ। व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरूको अधिकतम औसत ब्याजदर ५.४६ प्रतिशतविन्दु रहेकोमा, कात्तिकमा यो घटेर ५.२० प्रतिशतविन्दुमा पुराएका छन् ।
आधुनिकताले छोएसँगै बिकेन मादल‚ निराश व्यवसायी पेसाबाटै पलायन
मंगलबार, कात्तिक ४, २०८२
'आजभन्दा १० वर्ष पहिले गाउँमा मादलको महत्व निकै थियो, मेला महोत्सव, विवाह व्रतबन्धमा मादल घन्किने गर्थे, विद्युतको पहुँच थिएन, माइक, स्पिकर र राउन्ड सिस्टमको आएका थिएनन्,' उनले भने, 'अब मादल र बाजाहरु हराउँदै जाने खतरा छ, मेला महोत्सवमा पनि बाजा र मादल बज्न छोडे।'
तिहारमा झिनियाको माग उच्च
मंगलबार, कात्तिक ४, २०८२
घरायसी कामबाट बचेको फुर्सदको समय सदुयोग हुनुका साथै झिनिया बेचेर भएको आम्दानीले घर व्यवहार चलाउन सजिलो भएको उद्यमीहरूले बताएका छन्। झिनिया बनाउने मेसिन, तालिम र सुरक्षित भण्डारणका लागि औजार उपकरणको व्यवस्था भएमा सहज हुने उद्यमी हरिकुमार श्रेष्ठले बताए।
नुवाकोटको ककनीमा लागेको आगोले दुई घर जलेर नष्ट
मंगलबार, कात्तिक ४, २०८२
“विद्युत् गडबडका कारण आगलागी हुँदा नगद १० लाखसहित रु २५ लाखबराबरको सुनचाँदीको गरगहना, १८ लाखबराबरको अन्नबाली र भाँडावर्तनसहित ढुंगामाटोले बनेका दुईवटा घर पूर्ण क्षति भएको छ,” डीएसपी लामाले भने, “स्थानीयवासी र सुरक्षाकर्मीको प्रयासले मानवीय र पशुचौपाय क्षति हुनबाट जोगाइएको छ ।”
जेनजीको सरकारलाई चेतावनीः भ्रष्टाचारीलाई कारबाही नभए अर्को आन्दोलन
मंगलबार, कात्तिक ४, २०८२
छलफलका क्रममा जेनजी आन्दोलनका घाइतेले भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन सुझाव दिए । भ्रष्टाचारीमाथि कारबाही नगरिए सडकमा उत्रिएर अर्को आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका थिए ।
जुवाखालबाट नौ लाखसहित २७ जना पक्राउ
मंगलबार, कात्तिक ४, २०८२
प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा छापा मारी जुवा खालबाट नगदसहित १६ वटा कौडासमेत बरामद गरेको परिसरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए । प्रहरीले पक्राउ परेका सबैलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको उनले बताए ।
नेपाली क्रिकेट खेलाडीको तस्बिर राखेर कालीपूजा पण्डाल
मंगलबार, कात्तिक ४, २०८२
भद्रपुर–६ मा बनाइएको पण्डालमा सिनियर पुरुष, सिनियर महिला तथा पूर्वराष्ट्रिय खेलाडी गरी ३५ वटा तस्बिर समावेश गरिएका छन् । समितिका सदस्य पार्थ मण्डलका अनुसार आगामी सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी–ट्वान्टी विश्वकपमा नेपाली टोलीले अझ ठूलो सफलता प्राप्त गरोस् भन्ने उद्देश्यले खेलाडीहरूको आकृतिमा पण्डाल निर्माण गरिएको हो ।
बालुवाटारमा सरकार र राजनीतिक दलबिच संवाद जारी‚ निर्वाचनलाई लिएर एमालेको आशंका
मंगलबार, कात्तिक ४, २०८२
“निर्वाचनमा जाने कुरामा सबैको सहमति देखिएको छ । सरकारले सुरक्षाको वातावरण बनाउनुपर्छ भन्ने चासो राख्नुभएको छ । एमालेले यो सरकारले चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरे पनि चुनावको विरोध गरेको छैन‚” संचार मन्त्री जगदिश खरेलको भनाई उधृत गर्दै रावलले भने ।
प्रधानमन्त्रीले आज सात राजनीतिक दलका नेताहरूसँग छलफल गर्दै
मंगलबार, कात्तिक ४, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने भएकी छन् । कार्कीले सात राजनीतिक दललाई छलफलका लागि बोलाएकी छन् ।


