लामो विदामा बसेका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन सरकारको निर्देशन
शुक्रबार, जेठ २२, २०८३
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
शुक्रबार, जेठ २२, २०८३
राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सम्बन्धित सबैलाई आह्वान गरेका छन्। विश्व वातावरण दिवस (जुन ५) २०२६ का अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले विकास वातावरण एकापसमा परिपूरक भएको बताए ।
टेम्केमैयुङ गाउँपालिकाको छिनामखुमा परम्परागत बालीको विकल्प बन्दै सुन्तला
शुक्रबार, जेठ २२, २०८३
टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा सुन्तलाखेती परम्परागत बालीको विकल्प बन्दै गएको छ । परम्परागत अन्नबालीभन्दा कम मिहिनेतमा राम्रो आम्दानी लिन सकिने, एकपटक बगान विस्तार गरेपछि वर्षौंसम्म निरन्तर उत्पादन दिने तथा बजारको सहज पहुँच हुनेजस्ता कारणले किसानको रोजाइ सुन्तलाखेती बन्न पुगेको हो । यहाँका किसानले बारी तथा पाखो जमिनको उपयोग गर्दै सुन्तलाका बगान...
रावाबेँसीले उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई दियो कृषिसामग्री
शुक्रबार, जेठ २२, २०८३
रावाबेँसी गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र किसानको लागत घटाउने उद्देश्यले कृषक तथा कृषक समूहलाई एकैदिन २६ लाख रुपैयाँ बराबरको आधुनिक कृषि सामग्री प्रदान गरेको छ। गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा खरिद गरिएको आधुनिक कृषि सामग्री गाउँपालिकाभित्रका विभिन्न कृषि समूह, कृषि सहकारी संस्था र कृषि उद्यमीलाई प्रदान गरिएको हो।
कालीगण्डकी करिडोरको खामभित्तामा पहिरो रोकथाम योजना
शुक्रबार, जेठ २२, २०८३
बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पर्ने खामभित्तामा पहिरो रोकथाम आयोजना सञ्चालन भएको छ ।
बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले खामभित्ता क्षेत्रको ३ सय मिटरमा पहिरो र कटान रोकथाम आयोजना सञ्चालन गरेको हो ।
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
शुक्रबार, जेठ २२, २०८३
विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ मूल नारासहित सप्ताहव्यापी रूपमा मनाउन लागिएको हो । दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ ।
ट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु
शुक्रबार, जेठ २२, २०८३
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१४ प्रगतिनगरमा मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
विद्युत् उत्पादनमा निजी क्षेत्रको १३ खर्ब बढी लगानी
बिहीबार, जेठ २१, २०८३
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले विद्युत् उत्पादनमा निजी क्षेत्रले रु १३ खर्ब १० अर्ब लगानी गरिसकेका जनाएका छन् ।
संयोजक थापाले बुझाउनुभयो ‘इपिजी प्रतिवेदन’ राखिएको दराजको साँचो
बिहीबार, जेठ २१, २०८३
नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह ९इपिजी० को नेपालतर्फका संयोजक डा भेषबहादुर थापाले इपिजी प्रतिवेदन राखिएको दराजको साँचो परराष्ट्र मन्त्रालयलाई बुझाएका छन् ।
ललितपुरबाट हरायो गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी
बिहीबार, जेठ २१, २०८३
ललितपुर जिल्लाको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले चढ्ने स्कर्पियो गाडी चोरी भएको छ ।
भुम्लु गाउँपालिकाद्वारा शिक्षकका लागि दरखास्त आह्वान
बिहीबार, जेठ २१, २०८३
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाले सेवा करारमा शिक्षक पदपूर्तिका लागि दोस्रो पटक म्याद थप गर्दै दरखास्त आह्वान गरेको छ।
रास्कोट नगरपालिकामा एकीकृत पाठ्यक्रम सम्बन्धी कस्टमाइज्ड तालिम हुँदै
बिहीबार, जेठ २१, २०८३
कालीकोटको रास्कोट नगरपालिकामा आधारभूत तह (कक्षा १-३) को एकीकृत पाठ्यक्रम सम्बन्धी कस्टमाइज्ड तालिम सञ्चालन हुने भएको छ।


