आन्तरिक राजस्व विभागका महानिर्देशकको सुदुरपश्चिम सरुवा, चिलुवालको के होला ?

काठमाडौँ । अर्थमन्त्रीले आन्तरिक राजस्व विभागका महानिर्देशक मदनकुमार दाहाललाई सरुवा गरेका छन् ।

‘अर्थमन्त्रीलाई म्यानेज गर्न सकिन्छ’ भन्दै व्यवसायीसँग रकम उठाउने विचौलियाले महानिर्देशक दाहाललाई प्रयोग गरेको चर्चा चलेपछि अर्थमन्त्रीले महानिर्देशकको सरुवा गराएका हुन् ।

महानिर्देशक दाहाललाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पठाइएको छ । यस्तै, अर्थ मन्त्रालय अन्तरगत रहेका सहमहालेखा नियन्त्रक सुशीला अर्याललाई लुम्बिनी प्रदेश, मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख रहेका महेश भट्टराईलाई बाग्मती प्रदेशमा सरुवा गरिएको छ ।

मन्त्रालयकै वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेल र सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका प्रमुख महेश बराललाई मधेश प्रदेशमा सरुवा गरिएको छ।

तर, खारेजी प्रक्रियामा रहेको राजस्व अनुसन्धान विभागका महानिर्देशक तीर्थराज चिलुवालको भने सरुवा भएको छैन । महानिर्देशक चिलुवालमाथि पनि विचौलिया प्रयोग गरेर व्यवसायीमाथि अनुचित लाभ उठाउने गरेको आरोप लाग्ने गरेको छ ।

सम्बन्धित समाचार

कर प्रशासनमा झन् भद्रगोल, विचौलिया भन्न थाले– अर्थमन्त्रीलाई म्यानेज गर्न सकिन्छ

स्याबास बालेन ! यातायात कार्यालयमा अचम्मै भएछ त !

प्रकाशित मिति: शुक्रबार, वैशाख ११, २०८३  १७:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update