जीतपुरसिमरा उपमहानगरपालिकाका ८ बोर्डिङ स्कुलले गरे मनपरी, कसले के गरे ?

काठमाडौँ । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका भित्रका ८ वटा वोर्डिङ स्कुलहरुले नियम विपरित कार्य गरेको तथ्य खुलेको छ ।

उपमहानगरपालिकाले जेठ २५ गते गरेको स्थलगत अनुगमनमा यस्तो तथ्य खुलेको हो ।

अनुगमनमा कैफियत देखिएपछि उपमहानगरपालिकाले ती विद्यालयहरुलाई खारेजीसम्मको चेतावनी दिएको छ ।

‘अव उपरान्त कुनै पनि सामुदायिक तथा संस्थागत विद्यालयहरुले पालिकावाट प्राप्त कक्षा सञ्चालन अनुमति भन्दा माथिको कक्षामा पठन पाठन गर्ने, अभिभावकहरुलाइ झुटो तरिकाले ललाई फकाई गर्ने र एउटा विद्यालयमा पठनपाठन गरिरहेको विद्यार्थी ईमिस अर्को विद्यालयमा इन्ट्री गर्ने जुन सुकै विद्यालयलाई नियमानुसार कार्यवाहिका साथै अनुमति समेत खारेज गर्न सकिन्छ,’ उपमहानगरपालिकाले ८ वटा विद्यालयहरुलाई भनेको छ ।
jitpur-simara-8-school-1781160865.jpg
उपमहानगरपालिकाले दिएको जानकारी अनुसार वडा नं. १७ रामनगरमा रहेको एडभान्स बोडिङ स्कुल, वडा नं. १८ उचिडीमा रहेको मिसन एकेडेमी, वडा नं. १४ रजघट्टमा रहेको डुमरवाना पब्लिक इंलिस बोर्डिङ स्कुल, वडा नं. ७ जीतपुरमा रहेको अम्ब्रेला एकेडेमी, वडा नं. १ सिमरामा रहेको न्यू होराइजन वोर्डिङ स्कुल, वडा नं. २१ अमलेखगञ्जमा रहेको नाइट एन्जल बोर्डिङ स्कुल र वडा नं. २२ चकरीमा रहेको आदर्श किडस ल्याण्ड स्कुल रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ २८, २०८३  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update