बर्दिया । बर्दियाको राजापुर नगरपालिकाले वडा नं. ४ मा पर्ने एक प्रमुख सडक खण्डको स्तरोन्नति कार्यका लागि नापजाँचको प्रक्रिया अगाडि बढाएको छ।
नागरपालीकाले जारी गरेकाे सुचना अनुसार नगरपालिकाले राजापुर बसपार्कदेखि काली मन्दिर हुँदै राम मन्दिरसम्मको सडक स्तरोन्नति निर्माण कार्यका लागि नापजाँच गर्न लागेको हो।
नगर कार्यपालिकाको कार्यालयले असार ८ गते एक सूचना जारी गर्दै उक्त सडक क्षेत्रमा पर्ने सम्पूर्ण सरोकारवालाहरूलाई जानकारी गराएको छ। सडकको नापजाँचका लागि नगरपालिकाको प्राविधिक टोली यही असार ११ गते बिहान ११स्०० बजे उक्त क्षेत्रमा खटिने कार्यक्रम तय भएको छ।
नापजाँच कार्यलाई व्यवस्थित र विवादरहित बनाउनका लागि उक्त सडक खण्डको दायाँबायाँ पर्ने जग्गाधनीहरूलाई तोकिएको समयमा अनिवार्य रूपमा उपस्थित हुन नगरपालिकाले अनुरोध गरेको छ। प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाद्वारा जारी गरिएको यस सूचनामा विकास निर्माणको यस महत्वपूर्ण कार्यमा रचनात्मक सहयोग पुर्याउन सम्पूर्ण सरोकारवाला र स्थानीय बासिन्दाहरूमा विशेष आग्रह समेत गरिएको छ।





