काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले ४२ जना उपसचिवको सरुवा गरेका छन् । असार १९ गते मन्त्रीस्तरीय निर्णय गर्दै उनले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) पनि परिवर्तन गरेका हुन् ।
मन्त्रालयले दिएको जानकारी अनुसार उमेश कुमार दाहाललाई ताप्लेजुङको सिडिओ बनाइएको छ । उनी धनुषामा सहायक सिडिओ थिए । भोलानाथ गुरागाईंलाई हुम्लाको सिडिओ बनाइएको छ । उनी हाल काभ्रेपलाञ्चोकको सहायक सिडिओ थिए ।
यस्तै, कमान सिं थापा मगरलाई सोलुखुम्बुको सिडिओ बनाइएको छ । उनी हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयमा वरिष्ठ अध्यागमन अधिकृत थिए । कोपिला राईलाई रुकुम पूर्वको सिडिओ बनाइएको छ । उनी हाल खोटाङको सहायक सिडिओ थिइन् ।
उपसचिव नरेन्द्र परियारलाई रसुवाको सिडिओ बनाइएको छ । उनी हाल सुनसरीको सहायक सिडिओ थिए । पोषणराज भण्डारीलाई मुगुको सिडिओ बनाइएको छ । उनी हाल नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सहायक सिडिओ थिए ।
अर्का उपसचिव मुक्तिप्रसाद खनाललाई मनाङको सिडिओ बनाइएको छ । उनी हाल इलाका प्रशासन कार्यालय चन्द्रौटा, कपिलवस्तुमा थिए । झविलाल भट्टराईलाई कालिकोटको सिडिओ बनाइएको छ । उनी हाल अर्घाखाँचीको सहायक सिडिओ थिए ।
गृहमन्त्रालयमा रहेका उपसचिव वर्तराज पौडेललाई दार्चुलाको सिडिओ बनाइएको छ भने झापाका सहायक सिडिओ तेजप्रकाश प्रसाईंलाई जुम्लाको सिडिओ बनाइएको छ । गृह मन्त्रालयमै रहेकी उपसचिव मीना अर्याललाई डडेल्धुराको सिडिओ बनाइएको छ ।
४२ उपसचिव को–कहाँ ?





