Odapalika - The Fourth Estate - चौथो अंग
अर्थमन्त्रीका सल्लाहकारलाई गभर्नरले गरिदिए सरुवा

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री डा. प्रकाशशरण महतका सल्लाहकारलाई सरुवा गरिदिएका छन् ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकसमेत रहेका अर्थमन्त्री डा. महतका सल्लाहकार डा. गुणाकर भट्टको सरुवा भएको हो । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुको सरुवा गर्ने क्रममा गभर्नर अधिकारीले अर्थमन्त्रीका सल्लाहकारको जिम्मेवारीमा पनि रहेका डा. भट्टको सरुवा गरेका हुन् ।

अर्थमन्त्री डा. महतका सल्लाहकार समेत रहेका डा. भट्ट नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागको प्रमुख थिए । उनलाई अहिले सो विभागबाट भुक्तानी प्रणाली विभागमा सरुवा गरिएको छ । भुक्तानी प्रणाली विभागको प्रमुख रहेका कार्यकारी निर्देशक गुरु पौडेलाई डा. भट्टले संहाल्दै आएको बैंक तथा वित्तीय संस्था नियमन विभागको प्रमुखको बनाइएको छ ।

यद्यपि, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर सामान्य विषय हो । अर्थमन्त्री डा. महतका सल्लाहकार डा. भट्टसहित अन्य कार्यकारी निर्देशकको पनि सरुवा भएको छ ।

राष्ट्र बैंकका एक अधिकारीले दिएको जानकारी अनुसार वित्त व्यवस्थापन विभागको प्रमुख रहेका कार्यकारी निर्देशक मुकुन्द क्षेत्रीलाई मानव शंसाधन विभाग प्रमुख बनाइएको छ । यस्तै, अन्य कार्यकारी निर्देशकहरुको पनि जिम्मेवारी हेरफेर भएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update