Odapalika - The Fourth Estate - चौथो अंग
२०८१ सालमा राष्ट्र बैंक ३७  दिन बिदा हुने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०८१ सालमा हुने बैंक विदाको सूची सार्वजनिक गरेको छ । राष्ट बैंकको जनशक्ति विभागले शुक्रबार सार्वजनिक गरेको २०८१  सालमा हुने बैंक विदाको सुची अनुसार शनिबार बाहेक बैंक ३७ दिन विदा हुनेभएको हो । 

नेपाल सरकारले २०८१  सालमा हुने सार्वजनिक विदाको सूची सार्वजनिक गरेपछि राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाको लागि बैंक विदाको सूची सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकले कार्यालय समय पनि तोकेको छ । जस अनुसार २०८० वैशाख १ गतेदेखि २०८० कार्तिक १५ गतेसम्म बिहान १०ः०० बजेदेखि अपरान्ह ५ः०० वजेसम्म कार्यालय समय कायम हुने छ । यस्तै, त्यस्तै २०८० कार्तिक १६ गतेदेखि २०८० माघ १५ गतेसम्म विहान १०ः०० वजेदेखि अपरान्ह ४ः०० वजेसम्म कार्यालय समय कायम गरिएको छ भने २०८० माघ १६ गतेदेखि २०८० चैत्र मसान्तसम्म बिहान १०ः०० बजेदेखि अपरान्ह ५ः०० वजेसम्म कार्यालय समय कायम हुने छ । 

प्रत्येक शुक्रवार विहान १०ः०० वजेदेखि अपरान्ह १ः३० वजेसम्म कार्यालय समय कायम गरिएको छ ।

बैंकिङ कारोबार समय भने २०८० वैशाख १ गतेदेखि २०८० कार्तिक १५ गतेसम्म तथा २०८० माघ १६ गतेदेखि २०८० चैत्र मसान्तसम्म बिहान १०ः०० बजेदेखि अपरान्ह ४ः०० वजेसम्म कायम गरिएको छ। २०८० कार्तिक १६ गतेदेखि २०८० माघ १५ गतेसम्म बैंकिङ कारोबार समय विहान १०ः०० वजेदेखि अपरान्ह ३ः०० वजेसम्म कायम गरिएको छ ।

प्रदेश सरकारले आ–आफनो प्रदेशमा घोषणा गरेको सार्वजनिक विदाका दिन बढीमा ६ दिन सम्बन्धित प्रदेशमा रहेका कार्यालयमा सार्वजनिक विदा हुने छ । काठमाडौँ उपत्यकाको हकमा भने गृह मन्त्रालयको निर्णय बमोजिम हुने राष्ट्र बैंकले जनाएको छ  ।

430056929_417428610676560_1008196185407422974_n1709278169.jpg

430035664_417428607343227_1937323343951502813_n1709278169.jpg

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update