 
                                                                    काठमाडौँ । चितवनको भक्तपुर महानगरपालिकाले चालु आर्थिक वर्षका लागि साढे ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजारको बजेट ल्याएको छ । साढे ६ अर्ब आकारको बजेट ल्याएको भरतपुर महानगरले बजेटको उद्देश्य ६ वटा र प्राथमिकताको क्षेत्र १५ वटा तोकेको छ ।
बजेटका ६ उद्देश्य
भरतपुर महानगरले चालु आर्थिक वर्षका लागि ६ उद्देश्य लिँदै बजेट विनियोजन गरेको छ । यही हुन् ६ उद्देश्य
१. उत्पादन वृद्धिमार्फत् आत्मनिर्भर महानगरपालिका
२. गुणस्तरीय शिक्षा तथा स्थास्थ्यमा नगरबासीको पहुँच वृद्धि
३. उत्पादनमूलक रोजगारी सिर्जना
४. दिगो तथा वातारणमैत्री एवं विपद् उत्थानशील पूर्वाधार निर्माण
५. सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता एवं सूचना प्रविधिको प्रयोगमार्फत सुशासनको अनुभूति
६. नवप्रर्वतन तथा उद्यमशीलता प्रर्वद्धन
६ उद्देश्य लिएर बजेट ल्याएको भरतपुर महानगरले प्राथमिकताको क्षेत्र पनि किटान गरेको छ । महानगरले १५ क्षेत्र प्राथमिकतामा राखेको छ ।
यी हुन् १५ प्राथमकिताका क्षेत्रहरू
१. सहरी पूर्वाधार, भूउपयोग तथा वस्तिविकास र अधुरा योजनाहरुको निरन्तरता
२. कृषि तथा पशुविकास कार्यक्रम
३. शिक्षा विकास
४. नियमित सडक मर्मत सम्भार
५. स्वास्थ्य सेवा
६. वातावरण, सरसफाइ एवं हरियाली महानगरपालिका
७. सूचना प्रविधि तथा डिजिटल प्रणालीको उपयोग
८. रोजगार प्रर्वद्धन र उद्यमशीलता
९. पर्यटन तथा उद्योग र वाणिज्य तथा सहकारी
१०. युवा तथा खेलकुद विकास
११. लैङ्गिक समानता, महिला सशक्तीकरण र सामाजिक समावेशीकरण
१२. विपद् तथा प्रकोप कोष व्यवस्थापन
१३. राजस्व प्रशासन सुदृढिकरण
१४. कर्मचारी प्रशासन सशक्तीकरण तथा जनशक्ति विकास
१५. नीजि क्षेत्रसँग सहकार्य

 
                
            



 
                                         
                                         
                                         
                                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    