 
                                                                    काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाले वैदेशिक रोजगारीबाट फर्केकालाई कृषिमा अनुदान दिने भएको छ । चालु आर्थिक वर्षको बजेटमा यसबारे व्यवस्था गरिएको छ ।
वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई कृषि पेसामा आकर्षित गर्न महानगरले बजेट नै विनियोजन गरेको छ ।
कृषि तथा पशुविकास शीर्षकअन्तर्गत महानगरले वैदेशिक रोजगारीबाट फर्केकालाई उपकरण खरिद, कृषि तथा पशुबिमा, प्रविधि हस्तान्तरणलगायतमा अनुदान दिन ६ करोड महानगरले विनियोजन गरेको छ ।
‘वैदेशिक रोजगारबाट फर्केकाहरूलाई कृषि पेसातर्फ आकर्षित गर्नका लागि व्यवसायिक खेती गर्न कृषि उपकरण खरिदमा अनुदान, कृषि तथा पशु बिमा कार्यक्रमलाई निरन्तरता, कृषकको क्षमता अभिवृद्धि गर्ने तथा प्रविधि हस्तान्तरणका कार्यक्रम सञ्चालन लगायतका कृषि सम्बन्धी नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको लागि रु ६ करोड विनियोजन गरिएको छ,’ नगरसभाबाट पारित बजेटमा उल्लेख छ ।
भक्तपुर महानगरपालिकाले चालु आर्थिक वर्षका लागि साढे ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजारको बजेट ल्याएको छ । साढे ६ अर्ब आकारको बजेट ल्याएको भरतपुर महानगरले बजेटको उद्देश्य ६ वटा र प्राथमिकताको क्षेत्र १५ वटा तोकेको छ ।
 

 
                
            



 
                                         
                                         
                                         
                                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    