Odapalika - The Fourth Estate - चौथो अंग
कानुन नबनाएको भन्दै सुपका स्थानीय तहका कर्मचारी आन्दोलित, यस्तो छ तयारी 

काठमाडौँ । ७ वर्षदेखि स्थानीय सेवा कर्मचारी ऐन नबनाएको भन्दै सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा कार्यरत कर्मचारी आन्दोलित बनेका छन् । 

कानुन नबन्दा कर्मचारीको सवो सुविधा र वृत्ति विकासमा असर परेको भन्दै स्थानीय तह कर्मचारी सञ्जालले आन्दोलनको तयार िथालेको हो । 

सञ्जालले २१ र वैशाख २२मा प्रत्येक पालिकामा सञ्जालको कार्यसमिति पुर्नगठन गर्ने, २३ र २४ गते जिल्ला समिति पुर्नगठन गर्ने र २६ बैशाखमा धनगढीमा वृहत भेलामार्फत संघर्षका कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिएको छ ।

सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा कार्यरत कर्मचारीहरुले यसअघि पटक पटक स्थानीय तह सेवा र सुविधा सम्वन्धी कानुन बनाउन मुख्यमन्त्री सहित प्रदेश सरकार र प्रदेशसभाको पटक पटक ध्यानाकर्षण गराइसकेको छ । यो बाहेक सबै प्रदेशले स्थानीय तहका कर्मचारी सम्बन्धी कानुन र नियमावली बनाइसकेका छन् ।  

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update