Odapalika - The Fourth Estate - चौथो अंग
आफुविरुद्ध अभिव्यक्ति दिएको भन्दै मेयर बालेनले सोधे महानगरका प्रवक्तालाई स्पष्टीकरण 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले वडा नम्बर १७ का वडा अध्यक्षसमेत रहेका महानगरका प्रवक्ता नविन मानन्धरलाई सातदिने स्पष्टीकरण सोधेका छन् । 

उनले आफुविरुद्ध सर्वाजनिक अभिव्यक्ति दिएको भन्दै प्रवक्ताको हैसियतमा महानगरका सूचना संप्रषण गर्नुपर्ने कर्तव्य निर्वाह नगरेको भन्दै स्पष्टीकरण सोधिएको मेयरको सचिवालयले जनाएको छ । 

प्रवक्ता मानन्धर भने आफुले स्पष्टीकरणको पत्र नपाएको तर नगर प्रहरीका एकजना अधिकृतले फोनमार्फत स्पष्टीकरण पत्र तयार भएको जानकारी गराएको बताए । 

प्रहरीले मेयरविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको कारण मेयरले स्पष्टीकरण सोधेर ७ दिनभित्र जवाफ दिन भनेर पत्रमा उल्लेख गरेको बताएका छन् । 

वालेनको सचिवालयले स्पष्टिकरणबारे पहिचानसहित बोल्न अस्वीकार गरे पनि केही दिनदेखि सार्वजनिक रुपमा मेयरविरद्ध अभिव्यक्त भइरहेको प्रहारपछि प्रवक्ताको हैसियतमा किन यसो गरियो भनेर सोध्ने काम भएको बताएको छ । 

सचिवालयका ती अधिकारी उनलाई प्रवक्ताको जिम्मेवारीबाट हटाउने कानुनी बाटोस्वरुप पहिलो चरणमा स्पष्टीकरण सोधिएको बताउँछन् । 

पछिल्लो सयम महानगरमा जनप्रतिनिधि र मेयरबीचको सम्वन्ध असहज बन्दै गएको छ । नगर कार्यपालिकाको बैठकबाट विभागीय प्रमुखको जिम्मेवारी हेरफेरको निर्णय गराउनुपर्नेमा वडाअध्यक्ष संयोजक रहने ४ वटा विभागीय समितिको संयोजक मेयर एक्लैले फेर्ने निर्णय लिएपछि थप विवाद छ । 

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १४:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update