
काठमाडौँ । मोरङको धनपालथान गाउँपालिकाले साल्ट ट्रेडिङ कर्पाेरेसनबाट ३७८० बोरा रासायनिक मल पाएको छ ।
गाउँपालिकाले पाएको सो मलमध्ये १९६० बोरा युरिया र १८२० बोरा डिएपी मल हो ।
मल प्राप्त भएपछि गाउँपालिकाले अनुदानको मल वितरण व्यवस्थापन स्थानीय समितिमा छलफल गरी वडागत रुपमा मल वितरण गरेको छ । गाउँपालिकाले वडामा रहेका सहकारी संस्थाहरु मार्फत अनुदानको मल विक्री वितरण गर्न लागेको हो ।
सो गाउँपालिकामा युरिया मलको मूल्य प्रतिबोरा ९ सय रुपैयाँ र डिएपी मलको मूल्य प्रतिबोरा २ हजार ४ सय रुपैयाँ तोकिउको छ । पोटासको मूल्य भने प्रतिबोरा १ हजार ८ सय रुपैयाँ छ ।
कुन वडाले कति मल पाए भन्ने विवरण
प्रकाशित मिति: आइतबार, साउन २५, २०८२ १४:३५
प्रतिक्रिया दिनुहोस्