Odapalika - The Fourth Estate - चौथो अंग
महांकाल गाउँपालिकाले कर्मचारीलाई भन्योः निर्वाचन आचारसंहिता उल्लघन नगर्नू

काठमाडौँ । ललितपुर जिल्लाको महांकाल गाउँपालिकाले कर्मचारीहरुलाई निर्वाचन आचारसंहिता पालना गर्न भनेको छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लागू भइरहेको भन्दै गाउँपालिकाले कर्मचारीलाई सोको स्मरण जानकारी गराइएकाे प्रमुख प्रशासकीय अधिकृत सन्दिप न्याैपानेले जानकारी दिए ।

निर्वाचन आचासंहिता अनुसार निजामती कर्मचारी, शिक्षक, सुरक्षाकर्मी तथा अन्य राष्ट्रसेवक कर्मचारहिरले निर्वाचन अवधिभर पूर्ण तटस्थता कायम राखी कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसा गर्ने, चुनावी कार्यक्रमहरुमा संलग्न हुने, सामाजिक संजालमार्फत समर्थन वा विरोध जनाउने, सरकारी स्रोतसाधन वा पदको दुरुपयोग गर्ने लगायतका मतदातालाई प्रभावित पार्ने कुनै पनि कार्य गर्न पाइदैन । गाउँपालिकाले कर्मचारीहरुलाई यही कुराको जानकारी गराएको हो ।

‘आचारसंहिताको उल्लघन गरेको पाइएनमा प्रचलित कानुन बमोजिम विभागीय तथा अन्य कानुनी कारवाही हुन सक्छ । सबै राष्ट्रसेवक कर्मचारीहरुलाई आफ्नो पदको मर्यादा, तटस्थता र जिम्मेवारीलाई ध्यानमा राखी आचारसंहिताको पूर्ण पालना गर्नू गराउनू,’ गाउँपालिकाले कर्मचारीहरुलाई भनेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  ११:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update