Odapalika - The Fourth Estate - चौथो अंग
महांकाल गाउँपालिकाका अध्यक्षको स्पष्टोक्तिः मेरो चरित्र हत्या हुने गरी समाचार प्रकाशन गरियो

काठमाडौँ । ललितपुरको महांकाल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीले आफ्नो चरित्र हत्या हुने गरी तथ्यहिन समाचार प्रकाशन भएको बताएका छन् ।

गाउँपालिकाका कर्मचारीलाई बाढीले बगाउँदा पनि उनका परिवारलाई राहत दिनुको साटो गाउँपालिका अध्यक्ष केसी प्रमुख प्रशासकीय अधिकृत सन्दिप न्यौपानलेलाई लिएर पोखरा भ्रमणमा निस्केको भन्ने व्यहोराको समाचार असार ३२ गते वडापालिका डटकममा प्रकाशन भएको थियो । 

गाउँपालिका स्रोतले दिएको समाचारका आधारमा वडापालिकाले सो समाचार तयार पारेको थियो । समाचारमा गाउँपालिका अध्यक्ष केसी र प्रमुख प्रशासकीय अधिकृत न्यौपाने गाउँपलिकाको खर्चमा पोखरा घुम्न गएको उल्लेख थियो । यद्यपि, सो समाचारमा स्रोतले दिएको समाचारको पुष्टी गर्नमा वडापालिकाबाट केही असावधानी भएको र सोही कारण एकपक्षीय समाचार प्रकाशन भएको तथ्य फेला परेको छ । समाचार तयार पारेर प्रकाशन प्रशारणमा वडापालिकाबाट कमजोरी भएकोले हामीले क्षमा याचना सहित समाचारको खण्डन गरेका छौं ।

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  १७:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update