अख्तियारमा उजुरीः निगमको महाप्रबन्धक नियुक्तिमा अनियमितता भएको आरोप
अख्तियारमा उजुरीः निगमको महाप्रबन्धक नियुक्तिमा अनियमितता भएको आरोप उजुरीमा उल्लेख भएअनुसार निगममा कार्यरत कर्मचारीलाई महाप्रबन्धक पदमा बहाल राख्न नपाइने कानुनी व्यवस्था हुँदाहुँदै पनि सोही व्यवस्थालाई बेवास्ता गरी प्रक्रिया अघि बढाइएको आरोप छ ।
तत्कालीन उपकुलपति भण्डारीसहित १९ विरुद्ध भ्रष्टाचार मुद्दा दायर 
तत्कालीन उपकुलपति भण्डारीसहित १९ विरुद्ध भ्रष्टाचार मुद्दा दायर  अस्पतालका लागि ‘सिटी स्क्यान’ खरिदमा भ्रष्टाचार भएको दाबीसहित अख्तियारले सजायको माग राखेर बिहीबार (माघ १५) विशेष अदालतमा मुद्दा दायर गरेको हो । 
बित्थडचिर गाउँपालिका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा
बित्थडचिर गाउँपालिका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा विष्टसहित सुनकुडा माध्यमिक विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशबहादुर अधिकारी, प्रधानाध्यापक धनबहादुर विष्ट र लेखापाल हर्कबहादुर विष्टको मिलेमतोमा २६ लाख ५४ हजार ६८३ रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित अख्तियारले मुद्दा दायर गरेको हो । 
टेरामक्स प्रकरणमा लेखा समितिको निर्देशन र खरिदसँग सम्बन्धित सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश 
टेरामक्स प्रकरणमा लेखा समितिको निर्देशन र खरिदसँग सम्बन्धित सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश  उक्त मुद्दामा सार्वजनिक लेखा समितिले २०८० पुस १२ गते नेपाल दूरसञ्चार प्राधिकरणलाई खरिद कार्यलाई यथास्थितिमा राख्नू भनी दिएको निर्देशन सम्बद्ध प्रतिवेदनसहितको फाइल समेत झिकाउन आदेश गरेको छ ।
राजपुर गाउँपालिका-४ का वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
राजपुर गाउँपालिका-४ का वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार वडाध्यक्ष रामेश्वर यादव भन्ने रामेश्वर अहिर, तत्कालीन कार्यालय सहायक मीना चौधरी, स्थानीय पञ्जिकाधिकारी वडासचिव राजेश कुमार कहार, इलाका प्रशासन कार्यालय लमही, दाङका तत्कालीन कार्यालय प्रमुख प्रेम बहादुर खवास तथा भारतीय नागरिक आएसा जोल्हा र आलम जोल्हाविरुद्ध मुद्दा दायर गरेको हो ।
एक सय २१ किलो चरेससहित दुईजना पक्राउ
एक सय २१ किलो चरेससहित दुईजना पक्राउ लागुऔषध ओसारपसारमा संलग्न भएको अभियोगमा मकवानपुरको कैलाश गाउँपालिका–५ बस्ने वर्ष २१ का सानु कान्छा थिङ र अटो चालक थाहानगरपालिका–४ बस्ने वर्ष २९ को घनश्याम वल लामालाई प्रहरीको विशेष टोलीले अटोसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले जानकारी दिए।
शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर आर्थिक वर्ष २०७८/७९ मा नागार्जुन दानेश्वर आधुनिक बाख्रा फारम निर्माण गर्दा सम्झौता बमोजिम नगरेको तथा बोयर जातका बिका, बाख्रा खरिद गरी वितरण गरेको भनी झुट्टा बिल भरपाईका आधारमा भुक्तानी दिइएको अभियोगपत्रमा उल्लेख छ ।
छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमारविरुद्ध भ्रष्टाचार मुद्दा
छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमारविरुद्ध भ्रष्टाचार मुद्दा आयोगले उनीसँगै गाउँपालिकाका  तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साह र तत्कालीन लेखापाल सञ्जय पटेलविरुद्ध पनि मुद्दा दायर गरेको छ।
धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सिरहा प्रशासनको आग्रह
धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सिरहा प्रशासनको आग्रह सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले आज एक सूचना जारी गर्दै समाजमा वैमनस्यता फैलाउने कार्य नगर्न सचेत गराएका हुन्।प्रशासनद्वारा जारी विज्ञप्तिमा एक समुदायले अर्को समुदायको धर्म, संस्कृति र आस्थामा आँच पुर्‍याउने, घृणा फैलाउने वा कसैको मानमर्दन गर्ने कार्यहरू राष्ट्रिय एकता र सामाजिक सौहार्दताको विरुद्ध हुने उल्लेख गरिएको छ ।
लिची बगैंचा काण्डमा पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउन विशेषको आदेश
लिची बगैंचा काण्डमा पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउन विशेषको आदेश न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गुप्तालाई थुनामा पठाउने आदेश गरेसँगै उनी कारागार चलान भएका हुन् ।उनले ७८ लाख घुस डिल गरेको अडियो सार्वजनिक भएको थियो । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । जसमा गुप्ता बुधबार थुनछेक बहसका लागि अदालतमा...
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर आयोगद्वारा जारी विज्ञप्तिमा गिरीले सन् १९८८ मा भारतको विहार स्कुल एक्जामिनेशन बोर्ड, पटनाबाट ‘एसएलसी’ उत्तीर्ण गरेको भनी पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको उल्लेख गरिएको छ।
पूर्व सचिव  उपाध्यायदेखि भोजविक्रम थापाविरुद्धसम्म सर्वोच्च पुग्यो अख्तियार
पूर्व सचिव उपाध्यायदेखि भोजविक्रम थापाविरुद्धसम्म सर्वोच्च पुग्यो अख्तियार मेलम्ची खानेपानी विकास आयोजनाको भ्रष्टाचार मुद्दामा संलग्न अभियुक्तहरुलाई विशेष अदालतले दिएको पूर्ण र आंशिक सफाइप्रति असन्तुष्टि जाहेर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग आइतबार पुनरावेदनसहित सर्वोच्च अदालत गएको छ ।
Weather Update