खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
शुक्रबार, चैत २०, २०८२
जुम्लाका आठ स्थानीय तहका १२६ उजुरी अख्तियारमा
मंगलबार, चैत १७, २०८२
कार्यालयका सूचना अधिकारी धर्मराज बुढाले चालु आर्थिक वर्षको फागुनसम्म स्थानीय तहका अनियमितता तथा भ्रष्टाचारसम्बन्धी विभिन्न उजुरी परेका र तीमध्ये ३५ वटा फर्छ्यौट गरिएका बताए। तीमध्ये सबैभन्दा बढी चन्नदनाथ नगरपालिकाका ५२ वटा उजुरी परेकामा १३ वटा फर्छ्यौट गरिएको उनले जानकारी दिए।
यातायात कार्यालय एकान्तकुनाबाट विचौलियाको आरोपमा १५ जना पक्राउ
सोमबार, चैत १६, २०८२
त्यसैगरी नेपाल प्रहरीले सन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजकुमार अर्याललाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले धितोपत्रसम्बन्धी कसुरमा अनुसन्धानका लागि सिइओ अर्याललाई आज पक्राउ गरेको हो । अर्याललाई काठमाडौँ महानगरपालिका वडा नं २९ न्यूप्लाजा पुतलीसडकबाट पक्राउ गरिएको हो ।
बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीयसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मंगलबार, चैत १०, २०८२
आयोगका अनुसार बागथला धारी डोबा सडक निर्माण कार्यमा ग्याबिन तथा मेसिनरी कार्य नगरी भुक्तानी लिएको उजुरीका आधारमा गरिएको अनुसन्धानमा अनियमितता पुष्टि भएपछि मुद्दा दायर गरिएको हो ।
फेक रेस्क्यू प्रकरणमा ३२ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता
आइतबार, चैत ८, २०८२
सीआईबीले गरेको यो अनुसन्धान सन् २०२२ देखियता भएका फेक रेस्क्यू घटनाको हो । २०२२ जनवरीमा प्रतिअमेरिकी डलर ११८ रुपैयाँ थियो भने प्रतियूरो १३० रुपैयाँ थियो । यसलाई आधार मान्दा पक्राउ परेका प्रतिवादीविरुद्ध बिगो रकमको कुल परिमाण एक अर्ब ३० करोड ४२ लाख ४३ हजार ५०५ रुपैयाँ हुन आउँछ ।
रवि लामिछाने प्रकरणः महान्यायाधिवक्ताको निर्णय फाइल झिकाउन सर्वोच्चको आदेश
बिहीबार, चैत ५, २०८२
यसअघि गत पुस ३० गते सविता भण्डारी बराल नेतृत्वको महान्यायाधिवक्ता कार्यालयले लामिछानेको हकमा मात्रै आरोपपत्र संशोधन गर्ने निर्णय गरेको थियो। तर त्यसको दुई दिनपछि माघ २ गते लामिछानेसहित अन्य सबै आरोपितहरूको हकमा आरोपपत्र संशोधन गर्ने अर्को निर्णय गरिएको देखिएको छ।
रञ्जितालाई धरौटीमा छाड्ने आदेशविरुद्ध अख्तियारको सर्वोच्चमा निवेदन
आइतबार, फागुन १७, २०८२
पूर्वमन्त्री श्रेष्ठसमेत रहेको घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा ५ लाख धरौटीमा मुद्दाको पुर्पक्ष गर्ने आदेश बेरीतको रहेकाले त्यसलाई बदर गरी थुनामा राखी मुद्दाको पुर्पक्ष गरीपाउँ भनी आयोगले आइतबार सर्वोच्च अदालत निवेदन दिएको हो ।
नागरिकलाई निःशुल्क कानुनी सहयोग गर्न काठमाडौँ महानगरले परिचालन गर्यो न्यायिक सहजकर्ता
शुक्रबार, फागुन १, २०८२
पाँचौँ संस्करणसम्म आइपुग्दा ७५ हजार १९९ जना सेवाग्राहीले निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्राप्त गरिसकेका महानगरको भनाइ छ ।
मध्यपुरथिमि नगरपालिकको कार्यसम्पादनमा ५१ अंक, कहाँ भयो कमजोरी ?
शुक्रबार, फागुन १, २०८२
राष्ट्रिय प्राकृर्तिक स्रोत तथा वित्त आयोगले १७ वटा सुचकका आधारमा गरेको मूल्यांकमा सो नगरपालिकाले १०० अंकमा ५०.९२ अंक मात्रै पाएको हो । १७ वटा सुचकको पूर्णांक १०० छ ।
गोदाबरीका इञ्जिनियरविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर, झण्डै २ करोड बिगो
बुधबार, माघ २८, २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिका, ललितपुरका इञ्जिनियर सुबास विष्टविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेको छ।
प्रतिकूल बकपत्र गरेको आरोपमा चाँगुनारायण नगरपालिका बस्ने दुई जनाविरुद्ध मुद्दा दायर
बिहीबार, माघ २२, २०८२
प्रतिवादीहरूले भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतको मिलेमतो र योजनामा सेवाग्राहीसँग २४ लाख ५० हजार रुपैयाँ घुस लिएर भ्रष्टाचार गरेको अख्तियारले आरोपपत्रमा उल्लेख गरेको छ ।
गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
बुधबार, माघ २१, २०८२
गैरकानूनी लाभ वा हानि पुर्याई भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
प्रादेशिक अस्पताल सिरहाका दुई पूर्वप्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मंगलबार, माघ २०, २०८२
अस्पतालको ओपिडीलगायत विभिन्न काउन्टरबाट सङ्कलन भएको राजस्व रकम सरकारी ढुकुटीमा दाखिला नगरी कर्मचारीहरूले व्यक्तिगत प्रयोगमा ल्याएको अनुसन्धानबाट पुष्टि भएपछि आयोगले दुई पूर्वअस्पताल प्रमुखसहित १० जनाविरुद्ध मुद्दा चलाएको हो ।


