काठमाडौँ । भक्तपुर जिल्लाको मध्यपुरथिमि नगरपालिकाले कार्यसम्पादन मूल्यांकनमा करिब ५१ अंक प्राप्त गरेको छ ।
राष्ट्रिय प्राकृर्तिक स्रोत तथा वित्त आयोगले १७ वटा सुचकका आधारमा गरेको मूल्यांकमा सो नगरपालिकाले १०० अंकमा ५०.९२ अंक मात्रै पाएको हो । १७ वटा सुचकको पूर्णांक १०० छ ।
आयोगले सार्वजनिक गरेको विवरण अनुसार भक्तपुर जिल्लाका ४ स्थानीय सरकारमध्ये मध्यपुरथिमि नगरपालिकाको कार्यसम्पादन सबैभन्दा कमजोर छ । भक्तपुर जिल्लामा भक्तपुर नगरपालिका, मध्यपुरथिमि नगरपालिका, चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिका छन् ।
यी ४ स्थानीय तहमध्ये सबैभन्दा बढी अंक भक्तपुर नगरपालिकाले प्राप्त गरेको छ । सो नगरपालिकाले कुल ६८.३२ अंक पाएको छ । यस्तै दोस्रोमा सूर्यविनायक नगरपालिका छ । सूर्यविनायक नगरपालिकाले ६६.५२ अंक प्राप्त गरेको आयोगले जानकारी दिएको छ । तेस्रोमा चाँगुनाराय(ा नगरपालिका छ । चाँगुनारायणले ६२.५९ अंक प्राप्त गरेको छ । चौथो स्थानको मध्यपुरथिमि नगरपालिकाले ५०.९२ अंक पाएको हो ।

के–के छन् १७ सुचक ?
स्थानीय सरकारको कार्यसम्पादन गर्न प्रयोग गरिएका सूचक तथा प्राप्त विवरण
सूचक १: गाउँ कार्यपालिकाद्वारा आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको अनुमान सम्बन्धी गाउँ सभा/नगरसभामा पेश गरिएको।
सूचक २: गाउँ कार्यपालिकाद्वारा आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको अनुमान सम्बन्धी सम्वाद २०८२ असार मसान्तभित्र पारित गरिएको।
सूचक ३: स्थानीय तहले आर्थिक वर्ष २०८१/८२ मा घर तथा बालबालिका शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर वापत उठेको रकममध्ये प्रदेश सरकारलाई बुझाउनु पर्ने ५० प्रतिशत रकम मासिक रुपमा सम्बन्धित कोषमा जम्मा गरिएको।
सूचक ४: स्थानीय तहले आ.व. २०८१/८२ को आय व्ययको वास्तविक विवरण २०८२ असार मसान्तभित्र प्रदेश मन्त्रालयमा पेश गरिएको।
सूचक ५: स्थानीय तहले आर्थिक वर्ष २०८१/८२ को अन्तिम लेखापरीक्षणको प्रतिवेदन तथा लेखापरीक्षण विवरण २०८२ कार्तिक मसान्तभित्र सार्वजनिक गरिएको।
सूचक ६: स्थानीय तहले आफ्नो आन्तरिक राजस्व वृद्धि गर्न कार्ययोजना तयार गरेको।
सूचक ७: स्थानीय तहको गत आर्थिक वर्षको बजेट कार्यान्वयन दर सन्तोषजनक रहेको।
सूचक ८: आर्थिक वर्ष २०८१/८२ को अन्त्य लेखापरीक्षण अनुकूल रहेको।
सूचक ९: स्थानीय तहको लेखा व्यवस्थापन प्रणाली (SUTRA) को प्रयोग गरिएको।
सूचक १०: स्थानीय तहले आर्थिक पारदर्शिता सुनिश्चित गरेको।
सूचक ११: शैक्षिक वर्ष २०८२ मा कक्षा ८ को कक्षा ११ तथा कक्षा १२ अन्तिम परीक्षा उत्तीर्ण दर वृद्धि भएको।
सूचक १२: शैक्षिक वर्ष २०८२ मा कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यालय टिकाउ दर वृद्धि भएको।
सूचक १३: शैक्षिक वर्ष २०८२ मा सामुदायिक विद्यालयका कक्षा १० को परीक्षा नतिजा राष्ट्रिय औसत भन्दा उत्कृष्ट रहेको (GPA १.६ भन्दा माथि GPA प्राप्त गर्ने विद्यार्थीको प्रतिशत)।
सूचक १४: आर्थिक वर्ष २०८१/८२ मा एकल महिला तथा ज्येष्ठ नागरिकलाई सेवा प्रदान गरिएको।
सूचक १५: आर्थिक वर्ष २०८१/८२ मा प्राप्त सेवा वापत बालबालिकाको अनुपात सन्तोषजनक रहेको।
सूचक १६: आयोजनाले तयार गरेको विस्तृत अनलाइन पोर्टल मार्फत सम्पूर्ण सूचक सम्बन्धी विवरण संकलन तथा अभिलेखीकरण गरिएको।






