चीनबाटै शेखरले आफ्ना समूहका मन्त्रीलाई भने : तत्कालै राजीनामा दिनू
मंगलबार, भदौ २४, २०८२
काठमाडौंमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी
मंगलबार, भदौ २४, २०८२
जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म काठमाडौँ महानगरको चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको हो।
ललितपुरको विभिन्न स्थानमा बिहानदेखि मध्यरातसम्म कर्फ्यू
मंगलबार, भदौ २४, २०८२
जिल्ला प्रशासन कार्यालय ललितपुरले विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरेको छ । स्थानीय प्रशासन ऐन, २०८८ को दफा ६ को बमोजिम मंगलबार बिहान ७ बजेदेखि राति १२ बजेसम्मका लागि ललितपुरका विभिन्न स्थानमा कर्फ्यू लगाइएको हो।
घाइतेको उपचारको लागि रक्तदान गर्न स्वास्थ्य मन्त्रालयको आह्वान
मंगलबार, भदौ २४, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रक्तदानमा सहभागी हुन आम नागरिकमा आह्वान गरेको छ।
सामाजिक सञ्जालले नेपाललाई भ्रष्ट मुलुक भन्दै दर्ता अस्वीकार गरे: मन्त्री गुरुङ
मंगलबार, भदौ २४, २०८२
सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मेटा, एक्स लगायतका सामाजिक सञ्जालहरूले नेपाललाई भ्रष्ट मुलुक भन्दै नेपालमा दर्ता हुन अस्वीकार गरेको जानकारी दिएका छन्।
जेनजी आन्दोलनमा दमनप्रति आपत्ति जनाउँदै नेपाल इन्जिनियरिङ कलेज अनेरास्ववियु कमिटीको सामूहिक राजीनामा
मंगलबार, भदौ २४, २०८२
जारी सूचनामा भनिएको छ, “जेनजी पुस्ताका विद्यार्थी तथा युवामाथि भएको निर्मम दमन निन्दनीय छ। १९ जना युवाले ज्यान गुमाउनु परेको र सयौँ घाइते भएका घटनाले आमाबाबुको सपना, युवाको वर्तमान र मुलुकको भविष्य ढालेको छ।”
काठमाडौँका यी क्षेत्रमा फेरि बढाइयो कर्फ्युको समय
मंगलबार, भदौ २४, २०८२
जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्फ्युको समय बढाएको छ । यसअघि सोमबार राति १० बजेसम्मका लागि काठमाडौँका विभिन्न स्थानमा लगाइएको कर्फ्यु मङ्गलबार बिहान ५ः०० बजेसम्म थप भएको हो ।
जेनजी प्रदर्शन : हिंसात्मक घटनाको छानबिन गर्न समिति बनाउने मन्त्रिपरिषद्को निर्णय
मंगलबार, भदौ २४, २०८२
जेनजी पुस्ताले सोमवार गरेको प्रदर्शन हिंसात्मक बनेपछि सरकारले छानबिन समिति बनाउने निर्णय गरेको छ।
ट्रमा सेन्टरमा आठजनाको मृत्यु, पाँचजनाको पहिचान खुल्यो
मंगलबार, भदौ २४, २०८२
राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठजनाको मृत्यु भएको छ । मृतक पाँचजनाको पहिचान खुलेको छ ।
जेनजी आन्दोलनमा कम्तिमा १४ जनाको मृत्यू, देशभर झडप, ठाउँठाउँमा कर्फ्यू
सोमबार, भदौ २३, २०८२
यस्तै, काठमाडौँ बाहिर पोखरा, विराटनगर, झापा, चितवन लगायतका शहरी क्षेत्रमा पनि झडप भइरहेको छ । सरकारले काठमाडौँ, पोखरा लगायतका प्रमुख शहरमा कर्फ्र्यू जारी गरेको छ । यद्यपि, आन्दोलन भने रोकिएको छैन ।
बानेश्वर आसपास क्षेत्रमा कर्फ्यू जारी
सोमबार, भदौ २३, २०८२
सिडिओ छवि रिजालले कर्फ्यू जारी भइसकेको जानकारी दिएका छन् । जेनजीले गरेको प्रदर्शन रोक्न भन्दै प्रशासनले कर्फ्यू जारी गरेको हो ।
विद्युत् प्राधिकरणले गर्यो ठूलो संख्यामा कर्मचारी सरुवा (सूचीसहित)
सोमबार, भदौ २३, २०८२
पाल विद्युत् प्राधिकरणले ठूलो संख्यामा कर्मचारी सरुवा गरेको छ । प्राधिकरणले २०८२ भदौ २० र २२ गतेको निर्णयअनुसार देशभरका वितरण केन्द्र, प्रदेश कार्यालय, महाशाखा र विभिन्न आयोजना कार्यालयमा कार्यरत कर्मचारीको सरुवा तथा पदस्थापन गरेको हो ।


