गृहममन्त्रीले नै चुनाव भड्काउने अभिव्यक्ति दिएको भन्दै बैठकमा नेताहरूले प्रश्न उठाए
बुधबार, कात्तिक ५, २०८२
चुनावमा भाग लिन दलहरू तयार, सुरक्षाको जिम्मा सरकारले लिनुपर्ने
बुधबार, कात्तिक ५, २०८२
प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बसेको सर्वदलीय बैठकमा सबै दलहरू निर्वाचनमा सहभागी हुन तयार भएका छन् ।
झापामा यो वर्ष भएन बजार अनुगमन
मंगलबार, कात्तिक ४, २०८२
जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी तेजप्रकाश प्रसाईले प्रशासनको समन्वयमा स्थानीय पालिकाले बजार अनुगमन गर्दै आएको जनाउँदै जेनजी आन्दोलन र त्यसपछि बाढीको समस्याका कारण सबैको ध्यान उद्धार, राहत र उपचारमा गएको बताए । “असोज १८ देखि २० गतेसम्मको अविरल वर्षाका कारण झापामा बाढी र डुबानको समस्या विकराल बन्यो,” सहायक प्रजिअसमेत...
अब जेनजी र दलहरू बसौँ‚ सरकार चुनाव गराउन कटिवद्ध छः प्रधानमन्त्री कार्की
मंगलबार, कात्तिक ४, २०८२
साथै प्रम कार्कीले सुरुवाती चरणमा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा नै नरूचाएको समेत स्पष्ट पारिन् । “राष्ट्रपतिज्यूबाट संवादको ढोका खोलिदिने काम भएको छ। अब जेनजी र दलहरू बसौँ‚” उनले भनिन्।
नुवाकोटको ककनीमा लागेको आगोले दुई घर जलेर नष्ट
मंगलबार, कात्तिक ४, २०८२
“विद्युत् गडबडका कारण आगलागी हुँदा नगद १० लाखसहित रु २५ लाखबराबरको सुनचाँदीको गरगहना, १८ लाखबराबरको अन्नबाली र भाँडावर्तनसहित ढुंगामाटोले बनेका दुईवटा घर पूर्ण क्षति भएको छ,” डीएसपी लामाले भने, “स्थानीयवासी र सुरक्षाकर्मीको प्रयासले मानवीय र पशुचौपाय क्षति हुनबाट जोगाइएको छ ।”
जेनजीको सरकारलाई चेतावनीः भ्रष्टाचारीलाई कारबाही नभए अर्को आन्दोलन
मंगलबार, कात्तिक ४, २०८२
छलफलका क्रममा जेनजी आन्दोलनका घाइतेले भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन सुझाव दिए । भ्रष्टाचारीमाथि कारबाही नगरिए सडकमा उत्रिएर अर्को आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका थिए ।
बालुवाटारमा सरकार र राजनीतिक दलबिच संवाद जारी‚ निर्वाचनलाई लिएर एमालेको आशंका
मंगलबार, कात्तिक ४, २०८२
“निर्वाचनमा जाने कुरामा सबैको सहमति देखिएको छ । सरकारले सुरक्षाको वातावरण बनाउनुपर्छ भन्ने चासो राख्नुभएको छ । एमालेले यो सरकारले चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरे पनि चुनावको विरोध गरेको छैन‚” संचार मन्त्री जगदिश खरेलको भनाई उधृत गर्दै रावलले भने ।
प्रधानमन्त्रीले आज सात राजनीतिक दलका नेताहरूसँग छलफल गर्दै
मंगलबार, कात्तिक ४, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने भएकी छन् । कार्कीले सात राजनीतिक दललाई छलफलका लागि बोलाएकी छन् ।
उज्यालो पर्वमा अँध्यारो : विपीनको शव घरमा
मंगलबार, कात्तिक ४, २०८२
कोठाको एउटा कुनामा आमा, बुवा, अर्को कुनामा बहिनी छिन् । दिउँसैदेखि उनीहरू मौन छन्, अनि घरमा कुनै दीप बलेको छैन । तिहारको उल्लास बढ्दै जाँदा टोलमा देउसी, भैली र तिहारका गीत बजिरहेछन् । भारतसँग सीमा जोडिएको यो सहरमा छिनछिनमा पटका पड्किरहेछन् तर यो घरलाई ती केहीले छोएको छैन ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगल सफारीका लागि रुट कायम
मंगलबार, कात्तिक ४, २०८२
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटकका लागि जंगल सफारी रुट कायम गरेको छ । वर्षाको मौसम हटेसँगै सात दिनअघिदेखि नै पर्यटकका लागि जंगल सफारी गर्न निकुञ्ज खुला गरिएको हो ।
विपिन कहिल्यै अस्ताउने छैनन्
सोमबार, कात्तिक ३, २०८२
जोशीप्रति आज श्रद्धाञ्जली व्यक्त गर्दै उनले भनिन्-“जोशीले आफ्नो देशको नाम त राखे राखे, इजरायली जनता र सरकारबाट पनि सम्मान पाए । त्यसैले उहाँलाई बहादुर युवा भन्नुपर्छ । यस्तो बहादुर छोरा जन्माउने आमा, उहाँको खोजीमा अथक सङ्घर्ष गर्ने बहिनीप्रति पनि सम्मान छ ।”

-1761062466-1761090861.jpg)
