Odapalika - The Fourth Estate - चौथो अंग
जिल्ला अदालतको जलेको यो झण्डा फेर्ने जिम्मेवारी कसको ?

काठमाडौँ ।  माघ १० गते गृह मन्त्रालयले राष्ट्रिय झण्डाको प्रयोग गर्दा यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुन बमोजिम मात्र प्रयोग गर्नु सार्वजनिक सुचना प्रकाशित गर्यो । कानुन विपरित प्रयोग गरिए कानुन बमोजिम कारवाही हुने मन्त्रालयको सुचनामा उल्लेख छ ।
नेपालमा राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि २०६९ नै छ । यही कार्यविधिका व्यवस्था उल्लेख गर्दै मन्त्रालयले राष्ट्रिय झण्डाको गरिमा र मर्यादा कायम राख्न भनेको हो ।
तर सिंहदरबारभित्र रहेको गृहमन्त्रालयको नजिकैको जिल्ला अदालतको झ्यामा देखिएका २ वटा राष्ट्रिय झण्डा भने गरिमा र मर्यादा विपरित राखिएको जस्तो देखिन्छ ।
भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्रममा जलेका २ वटा झण्डा जिल्ला अदालत काठमाडौको झ्यामा देखिन्छन् । ती झण्डा बबरमहलको सडकबाटै देखिन्छ ।
जलेको अवस्थाको झण्डा व्यवस्थापन गर्ने कार्य कसको हो भन्ने विषमा हामीले गृहमन्त्रालयका सुचना अधिकारी रमा आचार्य (सुवेदी) सँग सम्पर्क गरेका छौं । उनले झण्डा राख्ने, आवश्यक भयो भने फर्ने लगायतका काम गर्ने जिम्मेवारी सम्बन्धित कार्यालयकै रहेको बताइन् । यो विषयमा जानकारी लिनको लागि जल्ला अदालत काठमाडौका सुचना अधिकारीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update