इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
शनिबार, माघ २४, २०८२
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
शनिबार, माघ २४, २०८२
निर्वाचन विरोधी गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउन सुरक्षा संयन्त्रले चुस्त निगरानी गरिरहेको जनाउँदै प्रवक्ता काफ्लेले निर्वाचन प्रहरीको बिमाका साथै सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी उचित प्रबन्ध मिलाउने तयारी भइरहेको बताए।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने
शनिबार, माघ २४, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज विज्ञप्ती जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बिहान ८ः३० बजे बस्ने जानकारी दिए ।
महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रमा सफाइ
शनिबार, माघ २४, २०८२
सफाइबाट उठेको नकुहिने फोहर काठमाडौँ महानगरपालिकाको गाडीबाट व्यवस्थापन गरिएको उनले बताए । भष्मेश्वरघाटबाट ड्यामसम्मको वाग्मती किनारमा बढी फोहर देखिएकाले अधिकार सम्पन्न वाग्मती समितिले नै डोजर लगाएर सफाइ गर्ने सहमति भएको छ ।
ओखलढुंगाको वडागत हिसावः कहिल्यै चुनाव नलडेका कुमारले बचाउँलान् कांग्रेसको किल्ला ?
शनिबार, माघ २४, २०८२
ओखलढुंगा जिल्ला नेपाली कांग्रेसको किल्लाको रुपमा परिचित छ । २०४८, २०५१ र २०५६ को प्रतिनिधिसभा निर्वाचनमा दुबै क्षेत्र नेपाली कांग्रेसले जितेको थियो ।
कसरी सुधार्न सकिन्छ स्वास्थ्य बीमा बोर्डको वित्तीय स्वास्थ्य ?
शनिबार, माघ २४, २०८२
संविधानले समाजवाद उन्मुख भनेको देशका नागरिकले आफ्नोसमेत सहभागितामा सहज स्वास्थ्य सेवा पाउनै पर्छ । त्यसको लागि स्वास्थ्य बिमा बोर्डलाई सुधार्नै पर्छ । वित्तीय रुपमा खुट्टा टेकाउनै पर्छ ।
मतपत्र छपाइ अन्तिम चरणमा, धमाधम प्याकिङको काम
शुक्रबार, माघ २३, २०८२
निर्वाचन आयोगले विभिन्न २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको जनाएको छ ।
बैतडी बस दुर्घटनामा मृतकको संख्या १३ पुग्यो
शुक्रबार, माघ २३, २०८२
बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । ३४ जना घाइते भएका छन् ।
भारत मेघालयस्थित कोइलाखानीमा विस्फाेट : खोटाङका एकाघरका दाजुभाइको मृत्यु
शुक्रबार, माघ २३, २०८२
भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फाेटमा परेर खोटाङका एकाघरका दाजुभाइको मृत्यु भएको छ ।
बेलकोटगढी नगरपालिकामा एक व्यक्तिको हत्या‚ संलग्न रहेको आरोपमा दुई जना पक्राउ
बिहीबार, माघ २२, २०८२
स्थानीय ४४ वर्षीय शन्तबहादुर तामाङको शव हत्या गरेर लुकाइएको अवस्थामा आज बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए । घटनामा संलग्न रहेको आरोपमा स्थानीय दुई जनालाई पक्राउ गरिएको छ ।
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, १६ जना घाइते
बिहीबार, माघ २२, २०८२
पुर्चौँडी–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किने क्रममा बस दुर्घटनामा परेको हो । घाइतेको उद्धार कार्य जारी रहेको र विस्तृत विवरण प्राप्त हुन नकसेको प्रहरी निरीक्षक बडूले बताए। अहिले विभिन्न स्थानबाट प्रहरी टोली घट्नास्थलतर्फ गएको छ ।
प्रतिकूल बकपत्र गरेको आरोपमा चाँगुनारायण नगरपालिका बस्ने दुई जनाविरुद्ध मुद्दा दायर
बिहीबार, माघ २२, २०८२
प्रतिवादीहरूले भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतको मिलेमतो र योजनामा सेवाग्राहीसँग २४ लाख ५० हजार रुपैयाँ घुस लिएर भ्रष्टाचार गरेको अख्तियारले आरोपपत्रमा उल्लेख गरेको छ ।
महानगर प्रहरीको गस्ती‚ नदी किनार दायाँबायाँ फोहर फाल्नेलाई कारबाही हुने
बिहीबार, माघ २२, २०८२
उक्त अभियानबाट आमनागरिकको सोचाइमा परिवर्तन भएको पाइएको अभियानकर्मी किशोरसिंह शाहीले बताए। फोहर वर्गीकरण गरी मोहरको रूपमा वैज्ञानिक रुपले व्यवस्थापन गर्नुपर्नेमा बैठकमा जोड दिइएको छ ।


