वैद्य अर्गनाइजेशनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता, एक्स ४७ क्रसओभर ल्याउँदै
शुक्रबार, जेठ १५, २०८३
नासोँ गाउँपालिकाको थोँचेमा ५ श्ययाको अस्पताल बन्ने
शुक्रबार, जेठ १५, २०८३
भवन निर्माणमा कूल लागतको पाँच प्रतिशत रकम गाउँपालिकाले बेहोर्ने छ । भवनमा बहिरङ्ग विभाग, प्रयोगशाला, फार्मेसी, एक्स–रे विभागलगायत बनाइने छ ।
मल संकट र पर्यावरणीय चुनौतीको सामना गर्न ‘जलवायु च्याम्पियन’ अभियान
शुक्रबार, जेठ १५, २०८३
सरकारले रासायनिक मलको विकल्पमा गँड्यौला मल, गोठेमल र हरियो मल (ढैँचा) जस्ता वैकल्पिक उपायहरूको प्रयोग गर्न किसानहरूलाई आह्वान गरेको छ । तर प्रश्न उठ्छ, के केबल सरकारी सूचनाको भरमा वर्षौंदेखि रासायनिक मलमा आश्रित किसान रातारात आत्मनिर्भर बन्न सक्छन् ?
‘गणतन्त्रको विकल्प अझ उन्नत र समृद्ध गणतन्त्र’
शुक्रबार, जेठ १५, २०८३
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्रको विकल्प अझ उन्नत र समृद्ध गणतन्त्र नै हुने बताएका छन्। संविधानले निर्दिष्ट गरेअनुरुप समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै सुशासनसहितको राज्य सञ्चालनका पक्षमा दृढतापूर्वक उभिनु अहिलेको आवश्यकता भएको अध्यक्ष दाहालको भनाइ छ ।
आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सबै जुटौँः पूर्वराष्ट्रपति भण्डारी
शुक्रबार, जेठ १५, २०८३
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रका मूल्य र मान्यतालाई अझ बढी परिपक्व र परिणाममुखी बनाउन दृढ सङ्कल्पित हुन आह्वान गरेकी छन्। १९औँ गणतन्त्र दिवसका अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा बधाई ज्ञापन गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेकी छन्।
आज सगरमाथा दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै
शुक्रबार, जेठ १५, २०८३
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ऐतिहासिक सफलताको स्मरणमा आज विभिन्न कार्यक्रम आयोजना गरी सगरमाथा दिवस मनाइँदैछ । सन् १९५३ मे २९ मा न्युजिल्यान्डका पर्वतारोही एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ।
नुवाकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
शुक्रबार, जेठ १५, २०८३
नुवाकोटमा बिहीबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।गम्भीर घाइते भएका दुई जनाको काठमाडौँमा उपचार भइरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी निरीक्षक विनोद ढकालका अनुसार छहरे–टोखा सडकखण्डस्थित शिवपुरी गाउँपालिका–६ गुर्जेभञ्याङमा जिप दुर्घटनामा परेर गम्भीर घाइते भएका सिराहा सुखीपुरी–२ का ३५ वर्षीय सञ्जीवकुमार चौधरीको मृत्यु...
न्यून चापीय क्षेत्रको प्रभावले मौसम बदली, सतर्कता अपनाउन आग्रह
शुक्रबार, जेठ १५, २०८३
देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेकाले विभिन्न स्थानमा वर्षा, मेघगर्जन, चट्याङ र हुरी चल्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहेको छ भने तराई भू–भागमा आंशिक बदली भएको छ
रामारोशन गाउँपालिकाले कालापानी सोमरस बनाउने, पर्यटन र रोजगारी बढाउने
बिहीबार, जेठ १४, २०८३
छाम जिल्लाको रामारोशन गाउँपालिकाले कालापानी सोमरस बनाउने भएको छ । रामारोशनको रैथाने मदिरा कालापानीलाई ब्राण्डिङ गरी पर्यटन र ग्रामीण रोजगारी प्रवद्र्धन गर्ने गाउँपालिकाको लक्ष्य छ ।
प्रदेश सरकार गाउँपालिकाको ७२ लाख लागतमा ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
बिहीबार, जेठ १४, २०८३
बागलुङ निसीखोला गाउँपालिका–५ निसेलढोर जोड्ने सडक कालोपत्र गरिएको छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकार र निसीखोला गाउँपालिकाले विनियोजन गरेको ७२ लाख लगातमा ६ किलोमिटर सडक स्तरोन्नति गरिएको हो । नेपालको एकमात्र ढोरपाटन सिकार आरक्ष कार्यालयदेखि पश्चिममा रहेको निसेलढोर पर्यटकीय गन्तव्यका रुपमा प्रसिद्ध छ ।
पोखरामा धमाधम खाली गरिँदै अतिक्रमित संरचना
बिहीबार, जेठ १४, २०८३
पोखरा महानगरपालिकाले पृथ्वीचोकको मूल सडक भएर हङकङ बजार हुँदै नयाँबजार निस्कने सडकछेउका अतिक्रमित संरचना हटाउने भएपछि ती ठाउँमा व्यवसायीले धमाधम सटर खाली गरेका हुन् । पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको उक्त जग्गा अतिक्रमण गरी बनाइएका भवनमा बिहीबार डोजर लगाउने महानगरको तयारी छ ।


