Odapalika - The Fourth Estate - चौथो अंग
तिलाठी कोइलाडी गाउँपालिकामा धान गोड्ने क्रममा वृद्धाको मृत्यु
तिलाठी कोइलाडी गाउँपालिकामा धान गोड्ने क्रममा वृद्धाको मृत्यु सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा खेतमा धान गोड्ने क्रममा लडेर वृद्धाको मृत्यु भएको छ। गाउँपालिका- ६ स्थित बभनगाकी ६५ वर्षीया पवनदेवी यादवको खेतमै धान गोड्ने क्रममा लडेर मृत्यु भएको हो।
स्थानीय सरकारको पहल : रामप्रसादराई गाउँपालिकामा वृद्धवृद्धाको भत्ता घरदैलोमा
स्थानीय सरकारको पहल : रामप्रसादराई गाउँपालिकामा वृद्धवृद्धाको भत्ता घरदैलोमा भौगोलिक विकटताका कारण गाउँपालिकासम्म आउन कठिन भएपछि गाउँपालिकाले घुम्ती शिविरमार्फत सेवा प्रदान गरिरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले जानकारी दिए ।
ओली सरकारलाई काम चलाउ घोषणा गर्न माग गर्दै सर्वोच्चमा रिट, आज पेसी
ओली सरकारलाई काम चलाउ घोषणा गर्न माग गर्दै सर्वोच्चमा रिट, आज पेसी साझेदार दलले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनैपर्ने संविधानको व्यवस्था उल्लंघन गरेको आरोप लगाउँदै अधिवक्ता वीरेन्द्र केसीले रिट दायर गरेका हुन्।
लिपुलेकबारे नेपालले भन्यो- नेपालको अभिन्न भूभाग, भारतले भन्यो– नेपालको दाबी आधारहीन
लिपुलेकबारे नेपालले भन्यो- नेपालको अभिन्न भूभाग, भारतले भन्यो– नेपालको दाबी आधारहीन भारतको विदेश मन्त्रालयले एक वक्तव्य जारी गरी लिपुलेक नाका आफूले दसकौँदेखि प्रयोग गरी आएको र नेपालले विस्तार गरेको नक्सा आधारहीन रहेको भनी टिप्पणी गरेको छ।
काभ्रेका भुम्लु गाउँपालिकाको दुई वडाबासीले ५० वर्षपछि आफ्नै जग्गाको लालपूर्जा
काभ्रेका भुम्लु गाउँपालिकाको दुई वडाबासीले ५० वर्षपछि आफ्नै जग्गाको लालपूर्जा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडाबासीले ५० वर्षपछि आफ्नो जग्गाको लालपूर्जा पाएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मङ्गलबार लालपूर्जा वितरण सुरु गरेका हुन्।  
अंग्रेजलाई परास्त गरेको खुशियालीमा पाल्पामा आज भगवती जात्रा
अंग्रेजलाई परास्त गरेको खुशियालीमा पाल्पामा आज भगवती जात्रा भगवतीको रथयात्राले नेपाल अङ्ग्रेज युद्धको जितगढी युद्धलाई सम्झाउने गर्छ। विसं.१८७१/७२ मा जितगढीमा भएको अङ्ग्रेज युद्धमा तत्कालिन कर्णेल उजीर सिंहको नेतृत्वमा गएको नेपाली फौजले अङ्ग्रेज फौजलाई परास्त गरेको थियो।
प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो गर्न भारतीय विदेश सचिव आज नेपाल आउँदै
प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो गर्न भारतीय विदेश सचिव आज नेपाल आउँदै भारतीय विदेश सचिव विक्रम मिस्री आज नेपाल आउँदै छन् । समकक्षी परराष्ट्रसचिव अमृतबहादुर राईको निम्तोमा मिस्री नेपाल भ्रमणमा आउन लागेका हुन् ।
रौतहटमा झडप, नगरप्रमुखको टाउकोमा १७ टाँका
रौतहटमा झडप, नगरप्रमुखको टाउकोमा १७ टाँका रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयमा दोहोरो झडप हुँदा नगरप्रमुख प्रेमलाल साह कानुसहित पाँचजना घाइते भएका छन्
मोदीले ओलीलाई बोधगयामा भेट्ने
मोदीले ओलीलाई बोधगयामा भेट्ने भारतीय प्रधानमन्त्रीले विदेशी अतिथिसँग नयाँदिल्लीको हैदराबाद हाउसमा भेटवार्ता गर्ने परम्परा रहेकोमा यो पटक नेपालका प्रधानमन्त्रीका लागि गौतम बुद्धले ज्ञान प्राप्त गरेको स्थल चयन गरिएको हो।
एम्बुलेन्स र शवबाहनका लागि निजी गाडी दिने पोखरा २६ का वडाध्यक्ष थापाको घोषणा
एम्बुलेन्स र शवबाहनका लागि निजी गाडी दिने पोखरा २६ का वडाध्यक्ष थापाको घोषणा पोखरा महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष नरेन्द्र थापाले वडावासीलाई आफ्नो निजी गाडी एम्बुलेन्स तथा शवबाहनको रुपमा प्रयोग गर्न दिने घोषणा गरेका छन्।
दमक नगरपालिकाको जग्गा घोटाला : माओवादी नेता गगन पुरी भ्रष्टाचारी ठहर, ३१ करोड ७३ लाख जरिवाना तोकियो
दमक नगरपालिकाको जग्गा घोटाला : माओवादी नेता गगन पुरी भ्रष्टाचारी ठहर, ३१ करोड ७३ लाख जरिवाना तोकियो उनलाई एउटा मुद्दामा ३१ करोड ५२ लाख ५५ हजार ९७८ र अर्को मुद्दामा २० लाख ८३ हजार ६७१ गरी ३१ करोड ७३ लाख ३९ हजार रूपैयाँ जरिवाना अदालतले तोकेको छ।
कर्मचारी खटनपटनमा गृहको कडाइ : शाखा अधिकृतसहित दुई कर्मचारीको गैलकट्टी
कर्मचारी खटनपटनमा गृहको कडाइ : शाखा अधिकृतसहित दुई कर्मचारीको गैलकट्टी केही समययता कर्मचारी खटनपटनमा कडाइ गरिरहेको गृह मन्त्रालयले नायब सुब्बा सुवास पौडेल र शाखा अधिकृत दिनेश सिवाकोटीको गैलकट्टी गरिएको जनाएको छ ।
Weather Update