कृषि क्षेत्रमा गएको १० वर्षको अनुदानको छानविन हुने, मन्त्री चौधरीले बनाइन ५ सदस्यीय समिति
कृषि क्षेत्रमा गएको १० वर्षको अनुदानको छानविन हुने, मन्त्री चौधरीले बनाइन ५ सदस्यीय समिति सहसचिव बद्रीप्रसाद दाहालको संयोजकत्वमा गठित कार्यदललाई ६ महिनाभित्र विस्तृत प्रतिवेदन मन्त्रालयसमक्ष पेस गर्ने समयसीमा दिइएको छ ।
बालुवा ठेक्कामा अनियमितताको शंका गर्दै कोटहीमाई गाउँपालिकाका कागजात अख्तियारको नियन्त्रणमा
बालुवा ठेक्कामा अनियमितताको शंका गर्दै कोटहीमाई गाउँपालिकाका कागजात अख्तियारको नियन्त्रणमा अनुसन्धानका क्रममा वडा नं. ५ स्थित बेनीघाट क्षेत्रमा उत्खननको अनुमति पाएको निर्माण कम्पनीले स्वीकृत स्थानभन्दा फरक क्षेत्रमा घाटगद्दी राखेको विषय पनि छानबिनको दायरामा परेको छ ।
अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन
अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएर अध्ययन पुरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ राहदानी छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि अर्याल पक्राउ परेका अख्तियार स्रोतको भनाइ छ ।
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोडको बजेट
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोडको बजेट कुल विनियोजनमध्ये चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । यो भनेको कुल विनियोजित बजेटको ३५.६४ प्रतिशत हो । यस्तै, पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो भनेको कुल विनियोजित बजेटको ६४.३६ प्रतिशत हो ।
उर्जा मन्त्रालय भन्छ– कसैले घुस मागे, बत्ती नआए, गुनासो गर्न मन लागे  ११५१ नम्बरमा फोन गर्नू
उर्जा मन्त्रालय भन्छ– कसैले घुस मागे, बत्ती नआए, गुनासो गर्न मन लागे  ११५१ नम्बरमा फोन गर्नू मन्त्री श्रेष्ठले पदभार ग्रहण गरेपछि जनगुनासोको सुनुवाइ र शीघ्र समाधानलाई मन्त्रालयको प्रमुख प्राथमिकतामा राखेका उनको सचिवालयको भनाइ छ ।
काठमाडौँ महानगरले ल्यायो आगामी वर्षका लागि ११ क्षेत्रका १०१ बुँदाको नीति र कार्यक्रम
काठमाडौँ महानगरले ल्यायो आगामी वर्षका लागि ११ क्षेत्रका १०१ बुँदाको नीति र कार्यक्रम काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम ध्वनी मतका साथ पारित भएको छ ।
प्रमुख प्रशासकीय अधिकृतहरुलाई आचारसंहिताः विदेशीलाई पत्राचार नगर्नू, सामाजिक संजाल नचलाउनू
प्रमुख प्रशासकीय अधिकृतहरुलाई आचारसंहिताः विदेशीलाई पत्राचार नगर्नू, सामाजिक संजाल नचलाउनू संघ सरकारको प्रतिनिधिका रुपमा स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतहरुका लागि आचारसंहिता जारी गरिएको हो ।
आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार प्रदेशका सबै स्थानीय तहमा बैंक तथा वित्तीय सेवाको पहुँच विस्तार भएको जनाइएको छ । प्रदेशभर रहेका एक हजार ७५४ बैंक तथा वित्तीय संस्थाका शाखामार्फत सेवा प्रवाह भइरहेको छ ।
संसद्का दुवै सदनको बैठक बस्दै, प्रतिनिधिसभामा बजेटमाथि छलफल
संसद्का दुवै सदनको बैठक बस्दै, प्रतिनिधिसभामा बजेटमाथि छलफल सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्न लागेको हो । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल सुरु हुनेछ ।
निजामती कर्मचारी ऐन अध्यादेशबाट आउने, ३०/५५ वालाले साउनको तलब खान नपाउने
निजामती कर्मचारी ऐन अध्यादेशबाट आउने, ३०/५५ वालाले साउनको तलब खान नपाउने सिएसआर वा भिआरएस जुन स्कीममा गएपनि निजामती सेवाबाट हटाउन लागिएका कर्मचारीले साउनको तलब पनि खान नपाउने गरी चालु आर्थिक वर्षभित्रै काम सक्ने गृहकार्य प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको छ ।
स्थानीय तह र प्रदेशसभाको चुनाव लाग्यो एमालेलाई, के छ मिसन जागरणमा ?
स्थानीय तह र प्रदेशसभाको चुनाव लाग्यो एमालेलाई, के छ मिसन जागरणमा ? आगामी निर्वाचनमा पार्टीका पक्षमा मतदातालाई पार्न एमालेले सो अभियान सञ्चालन गर्न लागेको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।
Weather Update