संसदको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
संसदको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची संघीय संसद अन्तर्गतका दुवै सदनको बैठक आज बस्ने भएको छ । संसद सचिवालयका अनुसार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक सिंहदरबारमा बस्नेछ ।
कांग्रेसले भन्यो– जेन–जीको बलिदानको सम्मान गरौँ, आयोगको सिफारिस कार्यान्वयन गरौँ
कांग्रेसले भन्यो– जेन–जीको बलिदानको सम्मान गरौँ, आयोगको सिफारिस कार्यान्वयन गरौँ नेपाली कांग्रेसले जेनजीको बलिदानको सम्मान गर्न र राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न माग गरेको छ ।
जेन–जी शहीदको सम्झनामा आज सार्वजनिक बिदा
जेन–जी शहीदको सम्झनामा आज सार्वजनिक बिदा गत वर्ष भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको स्मरणमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । तत्कालीन सरकारले दर्ता नभएका सामाजिक बन्द गर्ने निर्णय गरेपछि जेनजी युवाहरुले काठमाडौंसहित देशैभर गत वर्षको भदौं २३ गते प्रदर्शन गरेका थिए ।
बाढी पीडितको पुनर्स्थापनाका लागि स्थानीय जनप्रतिनिधिसँग मन्त्री रावलद्वारा छलफल
बाढी पीडितको पुनर्स्थापनाका लागि स्थानीय जनप्रतिनिधिसँग मन्त्री रावलद्वारा छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावित स्थानीय तह विदुर र बेलकोटगढी नगरपालिकाका प्रभावितहरूको अवस्था बुझ्न, अस्थायी र स्थायी पुनःस्थापनाका विषयमा सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतसँग प्रत्यक्ष छलफल गरेकी छन्।
यस्तो छ प्रधानमन्त्री शाहले संसदमा गरेको सम्वोधनको पूर्णपाठ
यस्तो छ प्रधानमन्त्री शाहले संसदमा गरेको सम्वोधनको पूर्णपाठ सम्वोधनको क्रममा उनले रसुवाको भोटेकोशी नदीमा आएको बाढी, त्यसले पुर्याएको क्षति, राहत र उृद्धार जस्ता विषयमा संसदलाई जानकारी गराएका छन् ।
प्रतिनिधिसभाको बैठकमा सभामुखले भोटेकोशी बाढीबारे विशेष प्रस्ताव पेस गर्ने
प्रतिनिधिसभाको बैठकमा सभामुखले भोटेकोशी बाढीबारे विशेष प्रस्ताव पेस गर्ने भोटेकोशी नदीमा आएको बाढीकै बीच भदौ १० गते बसेर अर्को सूचना नभएसम्मका लागि स्थगित भएको बैठक एक सातापछि बस्न लागेको हो । सिंहदरबारमा दिउँसो १ बजेपछि बस्ने बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढी र त्यसले निम्त्याएको क्षतिका सम्बन्धमा ‘विशेष प्रस्ताव प्रस्तुत’ गर्ने सम्भावित कार्यसूची छ ।
भोटेकोशी बाढीः राहत वितरणमा स्थानीय सरकारलाई नेतृत्व दिन संघ र महासंघको माग
भोटेकोशी बाढीः राहत वितरणमा स्थानीय सरकारलाई नेतृत्व दिन संघ र महासंघको माग नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ नेपालले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनर्स्थापनाको काममा स्थानीय सरकारलाई नेतृत्वदायी भूमिका दिन संघ सरकारसँग माग गरेको छ।
रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले गरेका १० निर्णय
रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले गरेका १० निर्णय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकले १० वटा निर्णय गरेको छ ।
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुँदैछ। प्रतिनिधिसभा नियमावलीमा हरेक महिना प्रधानमन्त्रीसँग प्रश्नोत्तर राख्ने व्यवस्था भए पनि नयाँ सरकार बनेपछि पहिलोपटक प्रश्नोत्तर कार्यक्रम हुन लागेको हो।
उज्यालो हेर्न नसक्ने समस्यामा प्रधानमन्त्री, सेनाका डाक्टरले गरे प्रमाणित
उज्यालो हेर्न नसक्ने समस्यामा प्रधानमन्त्री, सेनाका डाक्टरले गरे प्रमाणित प्रधानमन्त्री शाहले कालो चस्मा लगाउनैपर्ने कारण खुलाएर संघीय संसद सचिवालयलाई पत्र नै लेखेका छन्।
मेयर्स फोरमको बैठकः सांसद आशिकाको व्यवहारप्रति घोर आपत्ति, प्रधानमन्त्रीलाई भेट्ने
मेयर्स फोरमको बैठकः सांसद आशिकाको व्यवहारप्रति घोर आपत्ति, प्रधानमन्त्रीलाई भेट्ने बैठकले यही भदौ ५ गते सिंहदरबारमा भएको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा फोरमका पदाधिकारी तथा सदस्यहरूमाथि सांसद आशिका तामाङबाट भएको व्यवहारप्रति समेत घोर आपत्ति जनाएको छ।
पोखरा महानगरले पायो ‘कामकाजी हाकिम’, प्रधानमन्त्रीले अर्याललाई काठमाडौँ तान्दा पौडेल पुगे पोखरा
पोखरा महानगरले पायो ‘कामकाजी हाकिम’, प्रधानमन्त्रीले अर्याललाई काठमाडौँ तान्दा पौडेल पुगे पोखरा पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतकामा नेपाल सरकारका सहसचिव राजन पौडेल पुगेका छन् । गृह मन्त्रालयमा दरबन्दी रहेका पौडेललाई ‘कामकाजी हाकिम’ बनाएर नेपाल सरकारले पोखरा पठाएको हो ।
Weather Update