भेरी नगरपालिकाको कार्यपालिकाको माइन्युट हरायो, खोजी दिन सिडिओलाई पत्राचार
मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशनलाई मौसमको साथ, चितवनमा एकाएक घट्यो गर्मीको चाप
मंगलबार, असार ९, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो दिन प्रमुख ध्यान मौसममा थियो । प्रचण्ड गर्मीका कारण सहभागीहरू बिरामी पर्नसक्ने त्रास आयोजकको थियो ।
रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ
मंगलबार, असार ९, २०८३
योग्य व्यक्तिलाई मात्र प्रतिस्पर्धामा आउन दिने उद्देश्यले नियममा कडाइ गरिएको रास्वपाको भनाइ छ ।
रास्वपा प्रथम महाधिवेशनमा बन्दसत्रको तयारी
मंगलबार, असार ९, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज हुने भएको छ । यसका लागि आज बिहान प्रतिनिधि परिचयपत्र वितरण सुरु गरिँदै छ । सोमबार बिहान साढे ८ बजेदेखि सुरु गर्ने भनिएको बन्दसत्र प्राविधिक कारण भन्दै ढिलाइ गरिएको हो ।
एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री पौडेल पक्राउ
सोमबार, असार ८, २०८३
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन् । पौडेललाई सम्पत्ति शुद्धीकरण विभागको टोलीले आज सुर्खेतबाट पक्राउ गरेको हो ।
रास्वपा महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, के के छ सम्भावित कार्यसूची ?
सोमबार, असार ८, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको बन्दसत्र अहिले बिहान साढे ८ बजेदेखि हुने भएको छ । उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा बन्दसत्रका कार्यक्रम आयोजना हुने जनाइएको छ । प्रदर्शनी केन्द्रमा रहेका तीन ठूला हलमध्ये दुईवटामा बन्दसत्र गर्नका लागि तयारी गरिएको छ भने अर्को एउटामा खाजा र खानाको व्यवस्था गरिँदै छ...
जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह
आइतबार, असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनमा शुभकामना दिने अधिकांश नेताहरुले पार्टीले प्राप्त गरेको जनमत जोगाउन, आन्तरिक लोकतन्त्र सुदृढ गर्न र सुशासनको अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन सुझाव दिएका छन् ।
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
आइतबार, असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीले प्रतिशोधको राजनीति नगर्ने स्पष्ट पारेका छन् ।
रास्वपा महाधिवेशनमा ४२११ प्रतिनिधि, गाउँपालिका र नगरपालिकाबाट कति जना ?
आइतबार, असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) ले प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति ४ हजार २११ प्रतिनिधि निर्धारण गरेको छ । सात प्रदेश, प्रवास, समायोजन र मनोनयनबाट उनीहरू चुनिएका हुन् ।
रास्वपा महाधिवेशनमा चार हजार २११ प्रतिनिधि सहभागी हुने
आइतबार, असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) ले प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण गरेको छ । सात प्रदेश, प्रवास, समायोजन र मनोनयनबाट उनीहरू चुनिएका हुन् ।कोशी प्रदेशबाट ३६४, मधेसबाट ६३०, बागमतीबाट ७९४, लुम्बिनीबाट ६२१, गण्डकीबाट ४५४, कर्णालीबाट ३४३ र सुदूरपश्चिमबाट ५०५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने छन् ।
रास्वपा महाधिवेशन आजदेखि, सम्पूर्ण तयारी पूरा
आइतबार, असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी पूरा भएको छ । चितवनमा आजदेखि सुरु हुने महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम पूरा भएको शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।
रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने
शनिबार, असार ६, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध हुने भएको छ । रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदाताहरुले विद्युतीय उपकरणमा उम्मेदवारहरुको नाम र फोटोमा छोएर मतदान गर्न सकिने छ ।
रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै
शनिबार, असार ६, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ । भरतपुरस्थित सिएटी होटलमा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको प्रथम महाधिवेशनको तयारी, केन्द्रीय सचिवालयबाट पारित विधान संशोधन प्रस्ताव तथा समसामयिक सङ्गठनात्मक विषयमा छलफल हुने केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिए ।


