अहिले शोषण, दमन र विभेदका नयाँ स्वरूपहरू देखिन थालेका छन्: प्रचण्ड
बुधबार, वैशाख ९, २०८३
रवि लामिछानेलाई सांसदको हैसियतले काममा रोक लगाउन माग गरिएको रिट अस्वीकार
बुधबार, वैशाख ९, २०८३
सर्वोच्च अदालतले रवि लामिछानेविरुद्धको रिट निवेदन दरपीठ गरेको छ।
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य
मंगलबार, वैशाख ८, २०८३
लोकतन्त्र, नागरिक अधिकार, राष्ट्रियता र समुन्नतिलाई केन्द्रमा राखेर संविधान संशोधनको छलफल चलाउन उनले सुझाव दिए । समितिले शुरूमा संविधानको सूक्ष्म अध्ययन गरि संशोधनका लागि प्रस्तावित मस्यौदा तयार पार्ने र सरोकारवाला, विज्ञ तथा आम नागरिकसँग वृहत छलफल गर्ने योजना बनाएको समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।
धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन
मंगलबार, वैशाख ८, २०८३
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले सञ्चारकर्मीलाई जानकारी दिए ।
सेयरमूल्य सीमा विवादः नेप्सेले १० प्रतिशतको सीमा पठायो, बोर्डले १५ बनाइदियो
सोमबार, वैशाख ७, २०८३
सो बैठकले कुनै कम्पनीको सेयर मूल्यको सीमा १० प्रतिशतका विषयमा केही निर्णय गरेकै थिएन । जबकि चैत २३ गतेको धितोपत्र बोर्ड संचालक समितिको बैठकले एकै कारोबार दिनमा १५ प्रतिशतसम्म मूल्य घटवढ हुन पाउने व्यवस्था विनियमावलीमा गरिदियो ।
कांग्रेस विवादः पार्टी एकताका लागि गगनले पहल नगरे दुई वटा महाधिवेशन
आइतबार, वैशाख ६, २०८३
‘१५औं महाधिवेशनका लागि २ वटा मिति तय भएको छ, एउटा शेरबहादुर देउवा सभापति रहँदा नै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तोकेको वैशाख २८ देखि गर्ने भनेको छ । विशेष महाधिवेशनबाट आएको कार्यसमितिले असोजको मिति तोकेको छ, दुई वटा कार्यतालिकालाई समायोजन गरेर एउटा कार्यतालिका बनाउने स्थिति भयो भने त्यो पार्टी एकता भएको...
नेपालका ठूला अधिकांश मिडियाका संचालक अनुसन्धानको दायरामा, कसलाई के आरोप ?
आइतबार, वैशाख ६, २०८३
ठूला दैनिक पत्रिकाहरु कान्तिपुर दैनिक, नागरिक दैनिक, अन्नपूर्ण पोष्ट दैनिकका संचालक विरुद्ध अनुसन्धान भइरहेको छ । यस्तै, अनलाइन खबर, विजमाण्डु, नेपालन्यूज जस्ता मुलधारका अनलाइन संचार माध्यमका संचालक विरुद्ध पनि अनुसन्धान चलिरहेको छ ।
रास्वपाको सचिवालय बैठक आज, यी विषयमा छलफल गरिँदै
आइतबार, वैशाख ६, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज (वैशाख ६) बस्दै छ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बोलाइएको छ ।
पित्तथैलीको शल्यक्रिया गरेका ओलीको डिस्चार्ज
शनिबार, वैशाख ५, २०८३
उनको शल्यक्रियामा नेफ्रोलोजी विभागका विभागीय प्रमुख प्रा.डा. दिव्या सिंह शाह र प्रा.डा. महेश राज सिग्देलको समन्वयमा जीआई सर्जरी विभागका प्रा.डा. पलेश्वा जोशी लाखे, सह प्रा.डा. विष्णु प्रसाद कँडेल र डा. दीपक शर्मा संलग्न टोली सहभागी थियो । शल्यक्रिया टोलीमा एनेस्थेसियोलोजीको तर्फबाट डा. अमित शर्मा भट्टराई र डा. पंकज जोशी संलग्न...
देउवा समूहको छलफल: पूर्णबहादुर 'निर्वतमान' कार्यवाहक, पार्टी सुधार्ने जिम्मेवारी गगनको
शनिबार, वैशाख ५, २०८३
अदालतको फैसलासँगै देउवा पक्षले आफ्नो आन्तरिक संरचनामा पनि फेरबदल गरेको छ । यसअघि देउवा पक्षले पूर्णबहादुर खड्कालाई 'कार्यवाहक सभापति' मान्दै आएको थियो । तर, नेता विश्वकर्माले अब खड्का 'निर्वतमान कार्यवाहक सभापति' भएको स्पष्ट पारे । उनले भने, 'अदालतको फैसला आएको क्षणदेखि नै हामीले नयाँ नेतृत्वलाई स्वीकार गरेका छौँ । हिजोसम्म...
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राखिनु पर्छः
शनिबार, वैशाख ५, २०८३
‘यो तरिकाले तहगत सरकारबीच समन्वय, सहकार्य एवं कार्यक्रमहरूको प्रभावकारी रूपमा कार्यान्वयन गर्न, समस्या समाधान गर्न सो व्यवस्था परिमार्जन गर्न आवश्यक छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकमुष्ट रूपमा सम्बन्धित प्रदेशमा खटाउने र प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रिक्त रहेको स्थानीय तहमा खटाउने व्यवस्था गर्दा राम्रो हुन्छ‚’ उनले भने...
संसदका बाह्रै समितिले पाए सभापति, कुनमा को ?
शुक्रबार, वैशाख ४, २०८३
निर्वाचित १२ सभापतिमध्ये ११ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र लेखा समितिको सभापतिमा प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट खड्का चयन भएका हुन् ।
बेल्डाडी गाउँपालिकाकी उपाध्यक्ष पक्राउ, के छ आरोप ?
शुक्रबार, वैशाख ४, २०८३
कञ्चनपुरको बेल्डाडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथ पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले गाउँपालिका उपाध्यक्ष नाथलाई बिहीबार महेन्द्रनगरबाट पक्राउ गरेको जानकारी दिए ।


