नवगठित नेकपा: पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने, २० प्रतिशत जेनजी अनिवार्य
बुधबार, कात्तिक १९, २०८२
प्रम कार्की र पूर्व राष्ट्रपति यादवबिच यी विषयमा भए छलफल
बुधबार, कात्तिक १९, २०८२
प्रधानमन्त्री सुशीला कार्की र पूर्व राष्ट्रपति डा रामवरण यादवबिच आज शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आगामी निर्वाचनको तयारी र राजनीतिक वातावरणका विषयमा चर्चा भएको थियो।
नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले गर्यो ९ बुँदे प्रस्ताव पारित
बुधबार, कात्तिक १९, २०८२
नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले ९ बुँदे प्रस्ताव पारित गरेको छ ।
अमेरिकाको न्यूयोर्क शहरको मेयरमा बालेन जस्तै र्यापर ममदानी निर्वाचित
बुधबार, कात्तिक १९, २०८२
नेपालमा पनि गत स्थानीय तहको निर्वाचनमा राजनीतिक दलभन्दा बाहिरबाट स्वतन्त्र उम्मेदवार बनेर बालेन शाह काठमाडौँ महानगरको मेयर बनेका छन् । बालेन पनि र्यापर हुन् ।
जाँचबुझ आयोगले रवि लामिछानेसँग बयान लिँदै, लगिँदैछ सिंहदरबार
बुधबार, कात्तिक १९, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आज सरकारले गठन गरेको जाँचबुझ आयोगले बयान लिने भएको छ। बयानका लागि लामिछानेलाई सिंहदरबारस्थित आयोगकै कार्यालयमा ल्याइँदैछ।
माओवादी केन्द्र र नेकपा एससहित आठ दल/समूहको राष्ट्रिय एकता सम्मेलन आज
बुधबार, कात्तिक १९, २०८२
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित आठ दल/समूहबीच आज राष्ट्रिय एकता सम्मेलन हुँदै छ ।
दुई महिनापछि गण्डकी प्रदेशसभा बैठक बस्दै
मंगलबार, कात्तिक १८, २०८२
‘जेनजी’ प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण स्थगन भएको गण्डकी प्रदेशसभा बैठक यही कात्तिक २४ गते बस्ने भएको छ ।
पूर्व राष्ट्रपति यादवसँग गृहमन्त्री अर्यालको निर्वाचन उन्मुख संवाद
मंगलबार, कात्तिक १८, २०८२
पूर्व राष्ट्रपति डा रामवरण यादवसँग गृहमन्त्री ओमप्रकाश अर्यालले भेट गरेका छन् । गृहमन्त्री अर्यालले नेपालका प्रथम राष्ट्रपति डा यादवको ललितपुर बागडोलस्थित निवासमै पुगेर उनीसँग भेटवार्ता गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
केन्द्रीय समिति बैठकमा महामन्त्री र सहमहामन्त्रीद्वारा महाधिवेशनका दुई फरक प्रस्ताव पेस
मंगलबार, कात्तिक १८, २०८२
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्री र सहमहामन्त्रीद्वारा महाधिवेशनका दुई फरक प्रस्ताव पेस भएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।
जनार्दन शर्मा र राम कार्कीको नेतृत्वमा प्रगतिशील अभियान सुरुवात
मंगलबार, कात्तिक १८, २०८२
प्रगतिशील अभियानले नेपालमा दशकौँदेखि चल्दै आएका जनआन्दोलन, जनयुद्ध र जनविद्रोहका सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै, देशलाई नयाँ समाजवादी दिशातर्फ उन्मुख गराउन सबै प्रगतिशील शक्तिहरू एकजुट गराउने विश्वास व्यक्त गरे ।
रास्वपासँग सम्वादमा रहेका कुलमान जनार्दनको पार्टीको दोस्रो बरियतामा रहने
मंगलबार, कात्तिक १८, २०८२
शर्मासँगको सल्लाहमा घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीसँग छलफलमा सहभागी भएका हुन् ।
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
मंगलबार, कात्तिक १८, २०८२
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजबाट पुनः सुरु हुने भएको छ।
११ राजदूतलाई फिर्ता हुन परराष्ट्रले पठायो पत्र
सोमबार, कात्तिक १७, २०८२
सरकारले एघार मुलुकका राजदूतहरुलाई फिर्ता हुन पत्राचार गरेको छ। सोमबार साँझ एघार वटै मुलुकका राजदूतावासहरुमा पत्राचारमार्फत् उनीहरुलाई फिर्ता हुन भनिएको हो।


