नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस बोर्डर पिटुपी रेमिट्यान्स सेवा सञ्चालन
आइतबार, जेठ २४, २०८३
‘रास्वपालाई असफल हुने छुट छैन’
आइतबार, जेठ २४, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय ऊर्जा विभाग प्रमुख एवं तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले रास्वपालाई असफल हुने छुट नरहेको बताएका छन ।
आमचोक गाउँपालिकाको अनौठो सुचनाः जो पहिला आउँछ, उसले भुक्तानी पाउँछ
आइतबार, जेठ २४, २०८३
संघ सरकारले वित्तीय समानीकरणको अनुदान कटौति गरिरहेकोले आवश्यक कागजात पुर्याएर पहिला आउनेलाई प्राथमिकतामा राखेर भुक्तानी दिइने सुचनामा उल्लेख छ ।
प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ
आइतबार, जेठ २४, २०८३
पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन गुरुङले राजनीतिमा प्रतिपक्ष दलहरूले बिरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् ।
धेरै विद्यार्थी फेल हुन थालेपछि शिक्षकको परीक्षा लिदै पालिकाहरु
आइतबार, जेठ २४, २०८३
माध्यामिक र आधारभूत तहको गुणस्तर खस्कदै गएपछि पालिकाहरु शिक्षकको परीक्षा लिन थालेका छन् ।
धनगढी उपमहानगरले दियो ९ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
आइतबार, जेठ २४, २०८३
उपमहानगरपालिका मेयर गोपाल हमालले छात्रवृत्ति कार्यक्रमले विद्यार्थीलाई उच्च माध्यमिक तहको अध्ययनमा प्रोत्साहन गर्नुका साथै शैक्षिक अवसरको समानता कायम गर्न सहयोग पुर्याइरहेको बताए ।
पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई टोखा नगरपालिकाको सम्मान
आइतबार, जेठ २४, २०८३
काठमाडौँको टोखा नगरपालिकाले गोरखाको पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीलाई सम्मान गरेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाद्वारा छात्रवृत्ति छनौट समिति गठन गर्न निर्देशन
आइतबार, जेठ २४, २०८३
जीतपुरसिमरा उपमहानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सम्पूर्ण संस्थागत (निजी) विद्यालयहरूलाई यथाशीघ्र विद्यालय स्तरिय छात्रवृत्ति छनौट तथा वितरण समितिु गठन गर्न निर्देशन दिएको छ।
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
आइतबार, जेठ २४, २०८३
‘नेपाल–भारतको वर्तमान सीमा सन् १८१६ को सन्धिबाट निर्धारित भएको हो । यी विषयहरू द्विपक्षीय वार्ता र कूटनीतिक संयन्त्रमार्फत समाधान गरिनेछन् । हामी सीमा विवाद कूटनीतिक प्रक्रियाबाटै समाधान गर्न चाहन्छौँ,’ उनले भने ।
सर्वाेच्च अदालतले भन्योः विद्यालय कर्मचारी र कार्यालय सहयोगीले पेन्सन वा उपदान पाउँदैनन्
आइतबार, जेठ २४, २०८३
विद्यालय कर्मचारी तथा कार्यालय सहयोगीहरुको तर्फबाट गुनदेवि विश्वकर्मा र शंकरबहादुर कुमालले २०७८ साल माघ २७ गते सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।
बराहक्षेत्र नगरपालिकाका किसान तरकारी खेतीबाट आत्मनिर्भर
आइतबार, जेठ २४, २०८३
सुनसरीको बराहक्षेत्र नगरपालिका क्षेत्रमा व्यावसायिक तरकारीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । एक समय बाँझै रहने बारी अहिले हराभरा तरकारीबारीमा परिणत भएका छन् भने किसान आफ्नै गाउँमा बसेर मनग्य आम्दानी गर्दै आत्मनिर्भरतातर्फ उन्मुख भएका छन् । बिहान घाम नउदाउँदै किसान काँक्रो, गोलभेँडा, बोडी, घिरौँला, कोभीलगायत तरकारी टिप्न बारीमा पुगिसकेका हुन्छन्...
आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी
आइतबार, जेठ २४, २०८३
दूषित खाद्यवस्तुका कारण विश्वभर हरेक वर्ष करिब ६० करोड मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार खाद्यजन्य रोगका कारण वार्षिक करिब चार लाख २० हजार जनाको मृत्यु हुने गरेको छ ।
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने
आइतबार, जेठ २४, २०८३
देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले विभिन्न क्षेत्रमा बदली तथा वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने तराईमा आंशिक बदली भएको...


