अमेरिका–इरानबीच युद्ध अन्त्यको सहमति, १९ जुनमा सम्झौता
सोमबार, असार १, २०८३
विश्वकपमा जर्मनीको शानदार विजयी सुरूवात
सोमबार, असार १, २०८३
फिफा विश्वकप–२०२६ मा जर्मनीले शानदार विजयी सुरूवात गरेको छ । गएराति भएको खेलमा चार पटकको विश्वकप विजेता जर्मनीले कुरासाओलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो। अमेरिकाको ह्युस्टन स्टेडियममा सम्पन्न समूह इ को खेलमा जर्मनीले क्यारेबियन राष्ट्र कुरासाओलाई ७–१ को फराकिलो गोलअन्तरले पराजित गरेको छ ।
मङ्गला गाउँपालिकाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
सोमबार, असार १, २०८३
म्याग्दी नदीले तटीय क्षेत्रमा गर्ने कटान, स्थानीय खोल्साहरूमा आउने बाढी र पहिरोले मङ्गला गाउँपालिकामा विपद्को जोखिम बढाएको छ । विगतका ठूला विपद्का घटना, नदी कटानबाट खेतीयोग्य जमिनमा पुगेको क्षति र बस्तीमा बढ्दो जोखिमका कारण गाउँपालिकाले संरक्षण तथा जोखिम न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।
कुन–कुन स्थानमा छ आज वर्षाको सम्भावना ?
सोमबार, असार १, २०८३
नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली र पहाडी भू–भागका साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईमा आंशिक बादल लागेको छ । साथै बाँकी तराई भू–भागमा...
स्थानीय सरकार संचालन ऐन २०७४ संशोधन गरिदै, के–के प्रावधान हुँदैछन् परिवतर्न ?
आइतबार, जेठ ३१, २०८३
मस्यौदामा गाउँ पालिका वा नगरपालिकाको नाम र केन्द्र परिवर्तनको लागि प्रदेश सरकार पनि सहभागी हुने व्यवस्था प्रस्ताव गरिएकाे छ ।
निजामती कर्मचारी ऐन अध्यादेशबाट आउने, ३०/५५ वालाले साउनको तलब खान नपाउने
आइतबार, जेठ ३१, २०८३
सिएसआर वा भिआरएस जुन स्कीममा गएपनि निजामती सेवाबाट हटाउन लागिएका कर्मचारीले साउनको तलब पनि खान नपाउने गरी चालु आर्थिक वर्षभित्रै काम सक्ने गृहकार्य प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको छ ।
स्थानीय तह र प्रदेशसभाको चुनाव लाग्यो एमालेलाई, के छ मिसन जागरणमा ?
आइतबार, जेठ ३१, २०८३
आगामी निर्वाचनमा पार्टीका पक्षमा मतदातालाई पार्न एमालेले सो अभियान सञ्चालन गर्न लागेको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।
लोक सेवा आयोगका अध्यक्षलाई प्रश्नः तपाईंहरुले सिफारिस गरेको कर्मचारीले जागिर सुरु गर्ने वित्तिकै किन भ्रष्टाचार गर्छ
आइतबार, जेठ ३१, २०८३
प्रदेश र स्थानीय तहमा दरबन्दीअनुसार पदपूर्ति नहुनुको कारण पहिले नै कर्मचारीको सङ्ख्या धेरै रहेको वा स्थानीय तहमा लामो समयदेखि ठूलो सङ्ख्यामा रहेका अस्थायी, करार र ज्यालादारी कर्मचारीका कारण पनि प्रदेशबाट नियमित पदपूर्ति नभएको हुन सक्छ ।
चार दिने भ्रमणका लागि परराष्ट्रमन्त्री चीन प्रस्थान
आइतबार, जेठ ३१, २०८३
परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणमा आज बेइजिङतर्फ प्रस्थान गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नेछन्।
निसिखोला गाउँपालिकाले बनाइदियो भेडापालक किसानलाई खोर
आइतबार, जेठ ३१, २०८३
निसीखोला गाउँपालिकाका अधिकांश किसान परम्परागत रुपमा भेडापालन गर्दै आएका छन् । एउटै परिवारले सयौंको सङ्ख्यामा भेडापालन गरे पनि व्यावसायिक बन्न सकेका छैनन् । किसानलाई व्यावसायिक बनाउन निसीखोला गाउँपालिकाले आधुनिकतासँग जोड्न थालेको छ । चालु आर्थिक वर्षमा भेडापालक किसानका लागि पालिकाले आधुनिक खोर बनाइदिएको छ ।
भारतले नेपाली चियामा कडाइ गरेपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान
आइतबार, जेठ ३१, २०८३
भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग बन्द हुने भएका छन् । त्रिपन्न उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले आगामी असार १ गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेको छ ।
पश्चिमी न्यून चापीय रेखाको प्रभावले देशका विभिन्न भागमा वर्षाको सम्भावना
आइतबार, जेठ ३१, २०८३
हाल देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ ।


