सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री ‘नेपाल–भारतको वर्तमान सीमा सन् १८१६ को सन्धिबाट निर्धारित भएको हो । यी विषयहरू द्विपक्षीय वार्ता र कूटनीतिक संयन्त्रमार्फत समाधान गरिनेछन् । हामी सीमा विवाद कूटनीतिक प्रक्रियाबाटै समाधान गर्न चाहन्छौँ,’ उनले भने ।
सर्वाेच्च अदालतले भन्योः विद्यालय कर्मचारी र कार्यालय सहयोगीले पेन्सन वा उपदान पाउँदैनन्
सर्वाेच्च अदालतले भन्योः विद्यालय कर्मचारी र कार्यालय सहयोगीले पेन्सन वा उपदान पाउँदैनन् विद्यालय कर्मचारी तथा कार्यालय सहयोगीहरुको तर्फबाट गुनदेवि विश्वकर्मा र शंकरबहादुर कुमालले २०७८ साल माघ २७ गते सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।
बराहक्षेत्र नगरपालिकाका किसान तरकारी खेतीबाट आत्मनिर्भर
बराहक्षेत्र नगरपालिकाका किसान तरकारी खेतीबाट आत्मनिर्भर सुनसरीको बराहक्षेत्र नगरपालिका क्षेत्रमा व्यावसायिक तरकारीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । एक समय बाँझै रहने बारी अहिले हराभरा तरकारीबारीमा परिणत भएका छन् भने किसान आफ्नै गाउँमा बसेर मनग्य आम्दानी गर्दै आत्मनिर्भरतातर्फ उन्मुख भएका छन् । बिहान घाम नउदाउँदै किसान काँक्रो, गोलभेँडा, बोडी, घिरौँला, कोभीलगायत तरकारी टिप्न बारीमा पुगिसकेका हुन्छन्...
आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी
आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी दूषित खाद्यवस्तुका कारण विश्वभर हरेक वर्ष करिब ६० करोड मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार खाद्यजन्य रोगका कारण वार्षिक करिब चार लाख २० हजार जनाको मृत्यु हुने गरेको छ ।
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले विभिन्न क्षेत्रमा बदली तथा वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने तराईमा आंशिक बदली भएको...
भानु नगरपालिका वडा नम्बर ९ द्वारा ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण
भानु नगरपालिका वडा नम्बर ९ द्वारा ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण तनहुँको भानु नगरपालिका-९ ले चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रमअनुसार किसानलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ । कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै उत्पादन लागत घटाउने तथा किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले वडाभित्रका किसानको मागका आधारमा उपकरण वितरण गरिएको हो ।
पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा गर्मी बढ्ने
पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा गर्मी बढ्ने मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा मौसममा बदली हुनुका साथै कथिपय स्थानमा वर्षा हुने सम्भावना छ ।
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु सुनसरी कोशी गाउँपालिका-८ भाण्टाबारीमा भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । त्रियुगा नगरपालिका-२ घर भएका प्रहरी जवान ३२ वर्षीय रन्दीप पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।
‘एआई एक्सरे’ बाट क्षयरोग सङ्क्रमित खोज्दै ‘तुलसीपुर’
‘एआई एक्सरे’ बाट क्षयरोग सङ्क्रमित खोज्दै ‘तुलसीपुर’ दाङको तुलसीपुरलाई क्षयरोगमुक्त बनाउनका लागि ‘एआई एक्सरे’ मेसिनबाट सङ्क्रमित पहिचान गर्ने गरिएको छ । तुलसीपुरका १९ वटा वडामध्ये १७ वडामा ‘एआई एक्सरे’बाट क्षयरोगका बिरामी खोजिएको फोकल पर्सन शिवप्रसाद तिवारीले बताए।
सगरमाथा क्षेत्रबाट उद्धार गरिएका शेर्पाको स्वास्थ्यमा सुधार
सगरमाथा क्षेत्रबाट उद्धार गरिएका शेर्पाको स्वास्थ्यमा सुधार सगरमाथा आरोहणका क्रममा पाँच दिनदेखि बेपत्ता भएका दावा शेर्पाको बिहीबार सफल उद्दार गरी काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । ह्याम्स अस्पतालले विज्ञप्ति जारी गरी लामो समय सगरमाथा क्षेत्रमा बेपत्ता शेर्पालाई जलवियोजन देखिएकाले आइसीयुमा राखेर उपचार भइरहेको जानकारी दिएको छ ।
Weather Update