झापा गाउँपालिकामा १ हजार ९ सय बोरा युरिया मल वितरणका लागि कोटा निर्धारण
बिहीबार, भदौ १८, २०८३
राजापुर नगरपालिकाले माग्यो सामुदायिक विद्यालयको लेखापरीक्षण गर्न लेखापरीक्षक
बिहीबार, भदौ १८, २०८३
बर्दियाको राजापुर नगरपालिकाले नगरपालिकाभित्रका सामुदायिक विद्यालयको लेखापरीक्षणको लागि आवेदन माग गरेको छ ।
भोटेकोशी बाढी पीडितको उद्धार र राहतका लागि रकम जम्मा हुने क्रम जारी
बिहीबार, भदौ १८, २०८३
रसुवागढी हुँदै आएको भोटेकोशी बाढीबाट पीडितहरुको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि आर्थिक संकलन निरन्तर जारी छ ।
देशका प्रतिष्ठित उद्योगी, व्यापारी, कर्मचारी, विभिन्न तहका सरकार तथा आम नागरिकले समेत ठूलो मात्रामा आर्थिक सहयोग गरिरहेका छन् ।
गौरा पर्वका अवसरमा कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा
बिहीबार, भदौ १८, २०८३
सुदूरपश्चिम प्रदेशका जिल्लामा मनाइने गौरा पर्वका अवसरमा आज कञ्चनपुर जिल्लाका सात वटा स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । कञ्चनपुरको भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, पुनर्वास नगरपालिका तथा लालझाँडी र बेलडाँडी गाउँपालिकाले गौरा पर्वको अवसरमा सार्वजनिक बिदा दिएका हुन् ।
आजको मौसम : ६ वटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
बिहीबार, भदौ १८, २०८३
कोशी प्रदेशको तराई भू–भागका केही, मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी प्रदेश तथा बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
नबिल बैंकद्वारा ५.५ प्रतिशत नबिल डिबेञ्चर–२०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त
बुधबार, भदौ १७, २०८३
नबिल बैंक लिमिटेडले ५.५ प्रतिशत नबिल डिबेञ्चर २०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
जानकी गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीको सुविधा काटेर भोटेकोशी बाढीपीडितलाई राहत दिने
बुधबार, भदौ १७, २०८३
बाँके जिल्लाको जानकी गाउँपालिकाले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि जनप्रतिनिधि र कर्मचारीको सुविधा कटौती गरी आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
बुधबार, भदौ १७, २०८३
विपदबाट सिर्जित विषम परिस्थितिका कारण अत्यावश्यक सामग्रीको ढुवानी तथा आपूर्ति कार्यमा उद्यमी व्यवसायीलाई पर्न गएको असहजतालाई मध्यनजर गर्दै नेपाल चेम्बर अफ कमर्सले सहजीकरण डेस्क स्थापना गरेको छ । चेम्बरले जमलस्थित सचिवालयमा सहजीकरण डेस्क स्थापना गरेको हो ।
कमलामाई नगरपालिकाले बसपार्कको सार्वजनिक शौचालय भाडामा लगाउने, भाडा मासिक ३५ हजार
बुधबार, भदौ १७, २०८३
सिन्धुली जिल्लाको कमलामाई नगरपालिकाले वडा नं. ६ स्थित बसपार्क क्षेत्रमा निर्माण भएको सटरसहितको सार्वजनिक शौचालय भाडामा लगाउने प्रक्रिया अघि बढाएको छ।
यस्तो छ प्रधानमन्त्री शाहले संसदमा गरेको सम्वोधनको पूर्णपाठ
बुधबार, भदौ १७, २०८३
सम्वोधनको क्रममा उनले रसुवाको भोटेकोशी नदीमा आएको बाढी, त्यसले पुर्याएको क्षति, राहत र उृद्धार जस्ता विषयमा संसदलाई जानकारी गराएका छन् ।
भोटेकोशी बाढीपीडितका लागि गोकुलगंगा गाउँपालिकाको २२ लाखभन्दा बढी सहयोग
बुधबार, भदौ १७, २०८३
रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदी तथा तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २२ लाख ६ हजार रुपैयाँ सहयोग गर्ने भएको छ।
नागढुंगा नजिकै सडक भासियो: सवारी सुरुङमार्गबाट डाइभर्ट, ट्यांकर र मोटरसाइकल मात्र पुरानो बाटोमा
बुधबार, भदौ १७, २०८३
पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा नजिकै पातले वन क्षेत्रमा सडकको केही भाग भासिएपछि सवारी आवागमन प्रभावित भएको छ।


